हेलिकप्टर बिबादका कारण स्थगित शिविर पुनःसञ्चालन हुने

पुस २७  |   रामहरी श्रेष्ठ

हेलिकप्टर बिबादका कारण स्थगित शिविर पुनःसञ्चालन हुने

ओखलढुंगा –ओखलढुंगाका चार गाबिसमा स्थगित क्यास क्याम्प शिबिर पुनः सञ्चालन हुने भएको छ । केहि समयअघि हेलिकप्टर बिबादका कारण स्थगित भएको शिबिर पुनःसञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अध्यक्षतामा गत पौष २१ गते बसेको बैठकले पुनः शिबिर सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्लाका दुुर्गम चार गाबिसहरु गाम्नाङटार , टारकेराबारी, रगनी र पोकलीमा केहि समयअघि सञ्चालित शिविरबारे बिभिन्न संञ्चार माध्यमहरुमा नकारात्मक समाचार प्रसारित तथा प्रकाशित भएपछि स्थगित भएको थियो ।
शिबिर स्थगित भएसंगै सो क्षेत्रका भुकम्प प्रभाबितहरुले सरकारले बितरण गरेको पहिलो किस्ता बातपको ५० हजार तुरुन्त उपलब्ध गराउन माग गर्दै आएका थिए ।
सोहि अनुरुप उक्त गाबिसहरुमा शिबिर सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । शिबिर सञ्चालनका लागी सहयक प्रमुख जिल्ला अधिकारी राम प्रसाद ज्ञवली नेतृत्वको टोली ति सथानमा जाने बताईएको छ । शिबिर माघ ८ र ९ गते गाम्नाङटार र टारकेराबारी गाबिसलाई गाम्नाङटार उमाबिमा राखिनेछ । त्यस्तै माघ १० र ११ गते पोकली गाबिसका लागी गाबिस भवनमा सञ्चालन गरिने छ । त्यस्तै माघ १३ र १४ गते रगनी गाबिसको चण्डेश्री उमाबिमा सञ्चालन गरिने निर्णय भएको छ ।

क्यास क्याप शिबिरसंगै बिभिन्न सरकारी कार्यलयहरुले घुम्ती शिबिर समेत सञ्चालन गर्नेछन् । जसका लागी सो स्थानका नागरीकहरुले राहादानी,नागरीकता, घरजग्गा सम्बन्धी काम कारबाही,अपङगता परिचय पत्र लगाएतका अन्य थुप्रै सेवा लिन सक्ने सहयाक प्रमुख जिल्ला अधिकारी राम प्रसाद ज्ञवालीको भनाई छ ।

शिबिर पुनःसञ्चालन गर्ने निर्णय पुस्तिकामा नेपाली काग्रेका सांसद रामहरी खतिवडा,प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल,स्थानिय बिकाश अधिकारी यज्ञ बहादुर खत्री, नेपाली काग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार,नेकपा एमालेका जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठ, नेकपा माओबादी केन्द्रका मोहन खड्का,माआबादी क्रान्तिकारीका रुद्ध फुयाल,संघिय समाजबादी फोरमका धिरेन्द्र रुम्दाली ,जिल्ला मालपोत अधिकृत निराजन श्रेष्ठ र सहयक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको हस्ताक्षर रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल