शान्तीको ‘मत माया गर्ने मान्छे’ 

पुस २७

शान्तीको ‘मत माया गर्ने मान्छे’ 

काठमाडौ — चलचित्र पत्रकार संघको अध्यक्ष तथा गीतकार शान्ति प्रियको अर्काे गीत ‘मत माया गर्ने मान्छे’ बोलको भिडियो रिलिज भएको छ । गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ, भने स्वर प्रमोद खरेलले दिएका छन् ।

गीतमा सन्दिप शाही र अनामिका चौलागाईंले मोडलिङ गरेका छन् । गीत निर्मल शर्माले निर्देशन गरेका हुन् । गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिए पछि आउने अवस्थालाइ देखाइएको छ ।
माया गर्ने मान्छेसंग कति मुल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नुपर्छ , यसै भावलाई गीतमा उतारेको गीतकार प्रियले बताए ।

गीतलाई निर्माण कम्पनि छायाँछवि क्रियसनको युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल