यस्तो देखियो फष्टलुकमा निखिलको ‘निर्भय’

पुस २७

यस्तो देखियो फष्टलुकमा निखिलको ‘निर्भय’

काठमाडौ — माघ २८, रिलिज मिति तय भएको चलचित्र ‘निर्भय’ले सो डेट परिवर्तन गरेको छ । निखिल उप्रेतीको अभिनय रहेको यो चलचित्र अब चैत्र ११ आउने छ ।

अभिनेता निखलको चलचित्र ‘किङ’ यहि पुस २९ रिलिज हुने भएपछि केही समयको अन्तरमा निखिलको चलचित्र ल्याउन निर्भय रिलिज चैत्र ११ पुर्याइएको निर्देशक मधुसुदन भट्टराईले बताए ।

चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरियो । पोस्टरमा निखिलको ‘एङ्ग्री लुक्स’ छ । एकमा अभिनेत्री नीता ढुङ्गानासँगको प्रेमभाव बोल्छ ।

प्रसिद्धी सिने आर्टस्को व्यानरमा बनेको चलचित्रमा निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी,सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायतको अभिनय रहेको छ ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल