तलेजु मन्दिर परिषरमा आगलागी

पुस २७

तलेजु मन्दिर परिषरमा आगलागी

भक्तपुर –  भक्तपुर तलेजु मन्दिर परिषरमा आज दिउँसो आगलागी भएको छ ।

विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ¥याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिए ।

मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो अचानक आगलागी भएपछि नेपाली सेना , नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषर् भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिए ।

तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुईतले सुवाल घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

family planning
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल