बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस:  नेता भट्टराई

पुस २७

बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस:  नेता भट्टराई

दाङ –  नेकपा (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेका छन् ।

संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज घोराहीमा आयोजना गरेको विरोधसभामा उनले भने – एमाले निर्वाचनका लागि तयार रहेको छ ।

भट्टराईले “मिति घोषण गरेर निर्वाचनमा जाऔँ” भन्दै निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्ने वेला रहेको बताउँदै उनले मधेसबाट एक सिट नजितनेले मधेसको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल