धुम्बाराहीमा ओलीले भने–चुनाव एमालेले जित्छ, अरुले चाहीँ सिक्छन्

फागुन १५

धुम्बाराहीमा ओलीले भने–चुनाव एमालेले जित्छ, अरुले चाहीँ सिक्छन्

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै खालको चुनाव जित्ने दाबी गर्दै त्यही बुझेर केहि दलहरु चुनाव भाँड्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।
अहिले स्ववियू निर्वाचनका क्रममा कांग्रेस निकट नेपाल विद्यार्थी संघ विरोधमा उत्रनु त्यसैको संकेत भएको दाबी गर्दै ओलीले अब चुनावलाई कसैले रोक्न नसक्ने बताए ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘देशैभरी तीनै तहबमे चुनाव र स्ववियू चुनाव पनि एमालेले जित्छ, अरुले चाहिँ सिक्छन् ।’
आफ्नो पार्टीले युवाहरुलाई दुपयोग नगर्ने प्रतिबद्धता जनाउँदै ओलीले एमाले विचार र नीतिमा चल्ने पार्टी भएको धारणा राखे ।
जात धर्म, भाषा क्षेत्रको आधारमा विभाजन गर्न खोजिएको भन्दै उनले भने, ‘राष्ट्रियताको समेत हिमाली, पहाडी मधेसी भनेर गलत ब्याख्या गरिएको छ । हामीलाई महेन्द्रीय र पहाडिया राष्ट्रवाद भन्छन् त्यो भन्नेहरु प्रति दया लाग्छ ।’
यो देशमा सिडियोले मन्त्री नचिन्ने भन्दै अगाडि भने, ‘विचरा ! चिनून् पनि कसरी, कहाँबाट बनेर आएका हुन् !’
पार्टीका नवप्रवेशीलाई लक्षित गर्दै उनले भने–एमाले कम्युनिष्ट होकि धार्मिक संगठन हो तपाईँहरुलाई सुरुमा छुट्याउन गाह्रो हुन्छ । यति ढुक्क हुनुस् एमालेले युवाहरुको दुरुपयोग गर्दैन ।’
कार्यक्रममार्फत वैद्य माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य सन्तोष खड्काको नेतृत्वमा १५० जना एमाले प्रवेश गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल