नयाँ खोजः यो हो अँध्यारोमा चम्किने अचम्मको भ्यागुतो

चैत ३  |   एजेन्सी

नयाँ खोजः यो हो अँध्यारोमा चम्किने अचम्मको भ्यागुतो

वैज्ञानिकले अँध्यारोमा चम्किने भ्यागुतोको नयाँ प्रजातिको खोजी गरेको छ । यी भ्यागुतालाई दक्षिणी अमेरिकाको अर्जेन्टिनामा पाइएको हो ।

यो भ्यागुतोको माथि हरियो, पहेंलो र रातो रङको छिट्टा छन् । सामान्य उज्यालोमा यो रंग पोल्का डटजस्तै देखिन्छ तर अँध्यारोमा गहिरो निलो र हरियो रंग चम्किन्छन् । जब अनुसन्धानकर्ताले पराबैगनी किरणयुक्त एक फ्ल्याशलाईटले यो भ्यागुतोमाथि उज्यालो फ्याँके तब रातो रङको सट्टा त्योभित्रबाट गढा हरियो र निलो रंगको प्रकाश परावर्तित हुन थाल्यो । यो भ्यागुताको प्रजाती धेरैजसो रुखमा बस्छन् ।

जीवमा प्रकाश परावर्तित निकै दुर्लभ मानिन्छ । उभयचर जीव भित्र अहिलेसम्म यस्तो गुण पाइएको थिएन । अनुसन्धानकर्ताले दक्षिणी अमेरिकाको यो पोल्का निशाना भएको भ्यागुतो अन्य कुनै पनि जनावरको तुलनामा निकै भिन्न तरिकाले परावर्तन प्रक्रियाको प्रयोग गर्ने पाए ।

समुन्द्रमा पाइने विभिन्न जलचर जीवमा यो गुण पाइन्छ । कोरल्स, माछा, शार्क र कछुवाको एक प्रजातिमा पनि यो गुण पाइन्छ । स्थलचर जीवमा अहिलेसम्म सुगाको प्रजाती र केही माकुरामा परावर्तनको गुण पाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल