चन्द्रागिरी केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक

चैत ६

चन्द्रागिरी केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले प्रत्येक दिन दिउँसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ । यहि चैत्र ६ गतेदेखि लागु हुनेगरी गरेको नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरी केबलकार बन्द हुनेछ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको जनाइएको छ ।

यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार भने लागु हुनेछैैन ।

केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवा रेस्टुरेन्ट, बार, वालउद्यान भने नियमति संचालन हुनेछन् ।स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल