पेरुमा बाढीले ७२ को ज्यान लियो, दुई दशकयताकै भीषण बाढी

चैत ७  |   एजेन्सी

पेरुमा बाढीले ७२ को ज्यान लियो, दुई दशकयताकै भीषण बाढी

लिमा – पेरुमा दुई दशकयताकै भीषण बर्षा, बाढी तथा पहिरो आएको जनाइएको छ ।

पेरुको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी हालसम्म ७२ जनाको मृत्यु भएको त्यहाँको सरकारी निकायले जनाएको छ ।

भीषण बर्षापछि यहाँको मौसमलाई हाल ‘कोस्टल निनो’ नाम दिइएको छ । समुन्द्रको तापक्रम बढेर कोस्टल निनो भएको हो । समुन्द्रमा अहिले २२ देखि २७ डिग्रीसम्म तापक्रम छ ।

बाढीले हजारौं नागरिक घरवारविहीन भएका छन् । सरकारले देशका १३ क्षेत्रका सात सय ५० नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल