६ गोलको थ्रीलरमा मेस्सी नायक

चैत ७  |   एजेन्सी

६ गोलको थ्रीलरमा मेस्सी नायक

बार्सिलोना – लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई पराजित गरेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी २ अंकमा झारेको छ ।

पाहुना टोलीका लागि इलियाकुइम मंगालाले गोल गर्दै खेलको २९ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, ६ मिनेट पछि नै सुवारेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

डि एरियामा सुवारेजलाई फल हान्दै मंगाला रातो कार्ड खाँदै नायकबाट खलनायक बनेपछि पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।


तर, लगत्तै बार्सिलोनाका पूर्व खेलाडी मुनिर एल हडिडीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

गत हप्ता डिर्पोटिभोसँग २–१ को अप्रत्यासित हार बेहोर्दै लिग उपाधि होडमा पछि परेपछि जीतको खोजीमा रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा मेस्सीले पुनः गोल गर्दै अग्रता दिलाए ।

खेल सकिन १ मिनेटबाँकी छँदा आन्द्रे गोमेजले बार्सिलोनाका लागि अर्को गोल थपेपछि बार्सिलोना ४–२ गोलअन्तरले विजयी बन्यो ।

२८ खेलबाट बार्सिलोनाको ६३ अंक रहेको छ भने एक खेल कम खेलेको रियलको ६५ अंक रहेको छ ।


हिजो नै भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिडले तेस्रो स्थानमा रहेको सेभियालाई ३–१ गोलअन्तरले हराएको छ ।

बार्सिलोनको जीतमा डिएगो गोडिन, एन्टोनी ग्रिजमान र कोकेले १–१ गोल गरे ।

सेभियाका लागि जोवाकुइन कोरियाले खेलको अन्त्यतिर सान्तवना गोल गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल