घरभित्रबाट कुद्ने रेल (भिडियोसहित)

चैत ७  |   एजेन्सी

घरभित्रबाट कुद्ने रेल (भिडियोसहित)

बेइजिङ – चीनमा १९ तले भवनको बीचबाट कुद्ने रेल निर्माण गरिएको छ ।

दक्षिण–पूर्वी सहर चोङकिङको क्षेत्रफल ३१ हजार वर्ग माइल रहेको छ जहाँ ४.९ करोड जनसंख्या बसोबास गर्छन् ।

त्यही भएर भौतिक निर्माण गर्नेहरु र सहरको विकास योजना गर्नेहरुले नयाँ–नयाँ तरिकाहरु अपनाउन बाध्य भएका छन् ।


१९ तले भवनको छैटौँदेखि आठौँ तल्लासम्म रेलवे स्टेसन निर्माण गरिएको छ ।

उक्त भवनमा बसोबास गर्नेहरुले चोङकिङ रेल ट्रान्जिट नम्बर २ मा आफ्नै लिजिबा स्टेसनबाट चढ्न सक्नेछन् ।

उक्त भवनमा बस्नेहरुलाई रेलको आवाजले दुःख नदेओस् भनेर विशेष उपकरण समेत प्रयोग गरिएको मिडियो रिपोर्टमा उल्लेख छ । उक्त भवनमा बस्नेहरुलाई भाँडा धुने मेसिन जत्तिको मात्र आवाज आउने छ ।

यसरी योजनाकारहरुले रेलवे लाइन बनाउन पूरै भवन भत्काउन नपर्ने भएको छ ।

‘हाम्रो सहर निकै घना बस्ती रहेको छ । त्यही भएर सडक र रेलवे लाइन निर्माण गर्न ठूलो चुनौती रहेको छ,’ सहरको यातायात विभागका प्रवक्ताले भने ।

याङत्जे नदीको तटमा रहेका चार नगरपालिकामध्ये एक हो चोङकिङ । यसलाई माउन्टेन सिटी भनेर पनि चिनिन्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल