आज विश्व बाल रंगमञ्च दिवस

चैत ७

आज विश्व बाल रंगमञ्च दिवस

काठमाडौं– आज २० मार्च अर्थात विश्व बाल रंगमञ्च दिवस । प्रत्येक मार्च २० मा विश्व बाल रंगमञ्च दिवस मनाइदै आएको छ । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको साथमा नेपालमा केही वर्षदेखि नेपाली संस्था थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र आसितेज नेपालले विधि कार्यक्रम गरी यो दिवस मनाउदै आएको छ ।

यस वर्ष जर्मनीबाट आएका अन्तर्रा्ष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डरर्स’को क्लाउन नाटक शो तथा क्लाउन कार्यशालाका साथमा मनाइदैछ ।
आज चैत ७ गते सोमबार थिएटर मल नाटकघरमा बालसाहित्यमा संलग्न, तथा विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावक र बालबालिकाबीच क्लाउन शो र अन्तरक्रियाका साथ मनाइन लागेको आसितेज नेपालका अध्यक्ष दिपर्शन जंग रानाले बताए ।

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ विश्वभर यो दिवस मनाइदै आएको छ ।

त्यस्तै थिएटर मलले यसै अवसरमा आगामी १९ गथतेदेखि बालबालिकाको लागि १५ दिने अभिनय तथा नाट्य प्रशिक्षण समेत आयोजना गर्ने थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका कला निर्देशक केदार श्रेष्ठले बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल