९० दिनभित्र फर्किए साउदीमा गैरकानुनी रुपमा बसिरहेकाहरुलाई कारवाही नहुने

चैत ६  |   एजेन्सी

९० दिनभित्र फर्किए साउदीमा गैरकानुनी रुपमा बसिरहेकाहरुलाई कारवाही नहुने

रियाद – साउदी अरेबियामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरु तीन महिनाभित्र आफ्नो घर फर्किए कारवाही नहुने भएको छ ।

भिषाको म्याद सकिएर पनि त्यहीँ गैरकानुनी रुपमा बसिरहेकाहरुका लागि यो छुट ल्याइएको हो ।

साउदी अरेबियाका राजकुमार तथा गृहमन्त्री मोहमद विन नैफले देशमा गरिरहेका गैरकानुनी रुपमा बसिरहेकाहरुलाई सो सुविधा दिने घोषणा गरेका हुन् ।

आगामी मार्च २९ देखि ९० दिनको क्षमादान अवधि शुरु हुने रियाद डेलीले जनाएको छ ।

‘होमल्याण्ड फ्रि अफ ओभरस्टेयर’ नामक अभियानको शुरुवात गर्दै सो कुरा बताएका हुन् ।

उनले यस अवधिमा आफ्नो देश फर्कन चाहनेहरुलाई सहयोग गर्न त्यहाँका अधिकारीहरुलाई सहयोग गर्न निर्देशन समेत दिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल