अमेरिकाको बाल्टिमोरमा विभेदबिरुद्ध अभियान

चैत ७

अमेरिकाको बाल्टिमोरमा विभेदबिरुद्ध अभियान

बाल्टिमोर– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सबै प्रकारका विभेदबिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ । अन्तर्र्रािष्ट्रय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा उक्त गरिएको हो । न्याय र समानताका लागि हामी जहाँ भएपनि, केहि गरौँ भन्ने आवाजसहित सम्पन्न उक्त कार्यक्रममा वासिङ्टन डिसी महानगर क्षेत्र तथा अमेरिकाका विभिन्न राज्यहरुमा क्रियाशिल संघरसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा न्युयोर्कका महाबाणिज्यदुत क्रिसु क्षेत्री लगायत सहभागि वक्ताहरुले अन्य जातजाती र थरलाई सम्झेपनि दलित समुदायलाई कहिल्यै नसम्झेको बताएका थिए । कार्यक्रम नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी (नासो कम्युनिटी) अमेरिका , इन्टर नेसनल कमिसन फर दलित राइट (आइसीडीआर) तथा नेपाल दलित महिला उत्थान संघ (एडवान) को सयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा दलित आन्दोलनमा योगदान दिने ६ जनालाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा यूसनेपाल अनलाईनका संस्थापक तथा संचारकर्मी प्रदिप परियार थापा,प्रकाश नेपाल ,दोर्ण रसाईली ,डा डिके गूरूङ ,चन्द्रकला सून्दर र विक्रम पोखरेल रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल