बेगखोलामा खेलमैदान निर्माण

७ चैत

बेगखोलामा खेलमैदान निर्माण

म्याग्दी -बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ ।

बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो ।

करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने निर्माण समितिका अध्यक्ष तिलक तिलिजाले बताए ।

दोस्रो चरणमा प्याराफिट निर्माण लक्ष्य रहेको बेगखोला युवा क्लबका अध्यक्ष ठगप्रसाद फगामीले बताए ।

प्याराफिट र स्टेज निर्माणका लागि आर्थिक स्रोत जुटाउन अभियान थालिएको छ ।

रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल