अशोक लेलैन्डद्वारा नेपालमा भाइकिङ बस सार्वजनिक

चैत ७

अशोक लेलैन्डद्वारा नेपालमा भाइकिङ बस सार्वजनिक

काठमाडौं–भारतको चर्चित कमर्सियल भेहिकल उत्पादक कम्पनी अशोक लेलैन्डले नेपालमा भाइकिङ बस सार्वजनिक गरेको छ ।
आइएमई गु्रपको सहायक कम्पनी नेपालको लागि अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को आधिकारिक विक्रेता एलटी ईन्टरप्राईजेजले भाइकिङ बस नेपाली बजारमा सार्वजनिक गरेको हो ।
भाइकिङ बसेको आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र ढकाल तथा अशोक लेलैण्ड कम्पनीका उपसभापति रविकुमार पंगाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।
भाइकिङ बसमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइनएफआईपी तथा मेकानिकल गर्भनर सुविधा रहेकाले न्युनतम इन्धन खर्चमा उच्च प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।

अशोक लेलैण्डले १८ सिटदेखि ८० सिट क्षमतासम्मका गाडी उत्पादन गर्दै आएको छ भने कम्पनीबाट उत्पादितथ गाडी एक टनदेखि ४९ टनसम्मका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल