‘लुकी लुकी..’रोमान्स गर्दै अनु र रबि

७ चैत्र

‘लुकी लुकी..’रोमान्स गर्दै अनु र रबि

काठमाडौं –पछिल्लो समयका चर्चित गायक युवराज चौलागाइको स्वर रहेको गीत ‘लुकी लुकी..’भिडियो सहित सार्वजनिक भएको छ । हाइलाइन्टस् नेपाल मार्फत सार्वजनिक गीतको भिडियो रोमान्टिक थिममा तयार गरिएको छ ।
भिडियोमा अभिनेत्री समेत रहेकी मोडल अनु शाह र रबि अधिकारीको साथमा कोरस कलाकारको समेत अभिनय देखन सकिन्छ ।

गोदावरी र किर्तिपुरको चम्पादेबी लगायत स्थानमा छायाँकन भएको भिडियोमा राकेश शाहीको कोरियोग्राफी रहेको छ ।
रिमेश कुमारको संगीत रहेको गीतको भिडियो महेन्द्र थापाले छायाँकन गरेका हुन् भने सम्पादन दिपक लामाले गरेका छन् ।

भिडियोलाई नेपाल सास्कृतीक कला मन्दिरले निर्माण गरेको हो । भिडियो सार्वजनिक भएको केही घन्टमै पाँच हजार भन्दा बढीले हेरेका छन् ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल