अंशु मिस नेवाः पोखरा

चैत्र ७

अंशु मिस नेवाः पोखरा

काठमाडौं – मिस नेवाः पोखराको ताज शाक्यले चुमेकी छन् । शनिबार आयोजित अन्तिम प्रतिष्पर्धामा १६ प्रतिष्पर्धीलाई पछि पार्दै उनले मिस नेवाः पोखरा ११३७ को ताज पहिरिएकी हुन् ।
मिस ट्यालेन्टको टाइटल समेत जितेकी शाक्यले नगद ४० हजार, ३२ ईञ्चको सिजीको टिभीसहित विभिन्न आकर्षक पुरस्कार हात परेकी छन् ।
स्पर्धामा निकिता लिगल फष्र्ट रनरअप र प्रार्थना डंगोल सेकेण्ड रनरअप भए । फष्र्ट रनरअप निकिताले नगद २५ हजार र सेकेण्ड रनरअप प्रार्थनाले १५ हजारसहित बिभिन्न गिफ्ट प्राप्त गरे ।
प्रतियोगीतामा रसना बुद्धाचार्यले भ्यूअर च्वाईस, ज्यास्मिन श्रेष्ठले बेष्ट स्माइल, प्रार्थना श्रेष्ठले बेष्ट पर्सनालिटी, सिम्रन श्रेष्ठले बेष्ट फोटोजेनिक र श्रद्धा श्रेष्ठले मोष्ट फ्रेण्डलीको टाइटल जिते । विधागत टाइटल जितेकाहरुले नगद ५र५ हजारसहित मायाको चिनो प्राप्त गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल