घरेलु विमानस्थल संसारको छैटौं उत्कृष्ट बनेकोमा कतार एयरवेजले दियो बधाई

चैत ७

घरेलु विमानस्थल संसारको छैटौं उत्कृष्ट बनेकोमा कतार एयरवेजले दियो बधाई

काठमाडौं – कतार एयरवेजको घरेलु विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)ले संसारको छैटौं उत्कृष्ट विमानस्थलको स्थान ओगट्न सफल भएकोमा बधाई दिएको छ । गत वर्षभन्दा चार स्थान माथि चढेर एचआइएले यसवर्ष छैटौं स्थान ओगट्न सफल भएको हो ।

स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्डले एम्सटरड्याममा पेसेन्जर टर्मिनल एक्स्पोमा उक्त अवार्ड प्रदान गरेको छ ।

साथै, लगतार तीन वर्षदेखि एचआइए मिडल इस्टको उत्कृष्ट एयरपोर्टको रुपमा छनोट हुनुका साथै लगातार दोस्रो वर्षदेखि मिडल इस्टको उत्कृष्ट कर्मचारी सेवाको उपाधि पनि हस्तान्तरण गरिएको छ ।

कतार एयरवेज ग्रुपका मुख्य कार्यकारी अधिकृत अक्बर अल बकरले आफ्नो घरेलु विमानस्थलले यस्तो गरिमामय उपाधि हात पार्न सफल भएकोमा बधाई दिँदै आफू निकै खुसी भएको बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल