सोहमसँग अभिनेत्री नीताको प्रेमको सफर

चैत्र ७

सोहमसँग अभिनेत्री नीताको प्रेमको सफर

काठमाडौं – प्रेमी आमेश भण्डारीसँग भर्खर सम्बन्ध तोडेकी अभिनेत्री नीता ढुङ्गानाको नजर अचेल सोहम भेटुवाल तिर रहेको छ । सोहम तिर नीतको नजर रियल लाइफमा भन्दा पनि रिल लाइफ हो ।

चर्चित गीतकार नृपेश उप्रेतीको ‘भर्खर भर्खर सफर सुरु’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । जसमा अभिनेत्री नीताले सेहमसँग रोमान्स गरेकी छन् ।


गीतको भिडियो लन्डनमा सार्वजनिक गरिएको हो । नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभामा बिबिसी विश्व सेवाका नवीन सिंह खड्काले भिडियो सार्वजनिक गरे ।

गीतमा पुरुषोत्तम सुवेदीको स्वर तथा संगीत रहेको छ । भिडियो भने दिपेन्द्र केशीे निर्देशन गरेका हुन् ।

– ‘यो गीत हरेक युवा मनको चाहना र भावना हो । हर कोहीलाई आफ्नै गीत जस्तो लाग्छ र आफ्नी प्रेमिकालाई पहिलो पटक भेटेको क्षण याद आउँछ ’ गीतका बिषयमा गीतकार उप्रेतीले भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल