‘मेडिकल साइन्सले फेल गरेकी साहित्यकार’

‘मेडिकल साइन्सले फेल गरेकी साहित्यकार’

कुवेर गिरी

नेपाली भाषा–साहित्य, कला र संस्कृतिलाई जोगेर्ना गर्न र समृद्धितर्फ लैजान नेपालबाहिर बसेर धेरै सर्जकहरु लागिपरेका छन् । यस्तै सर्जकमध्येकी एक हुन्– साहित्यकार कमला प्रसाईं । कमलाको घरमा नै एक खालको साङ्गीतिक र साहित्यक माहोल थियो । उनका बुबा राम्रो वाद्यवादक थिए । उनका बुबा पनि साहित्यको अध्यायनमा निक्कै रुचि राख्थे । यसैले उनको सानो उमेरदेखि साहित्यतिर लगाव भयो । उनले स्कुलमा हुने विभिन्न साहित्यक गतिविधिहरुमा भाग लिने र पुरस्कार जित्ने गरिन्, जसले उनलाई यो क्षेत्रमा अघि बढ्न अझ हौसला प्रदान गर्यो ।

उनको सुरुको सिर्जना कविता थियो । १२ वर्षकी छँदा कक्षा सातमा पढ्दै गर्दा उनले ‘रित्तिएको छैन सपना आज’ भन्ने पहिलो कविता कोरेकी थिइन् । त्यो कविता सानो उमेरमै धेरैले मन पराए र उनी अझ हौसिइन् साहित्य सिर्जनमा अनि जन्मिए थुप्रै सिर्जनाहरु । गीतकारका रुपमा पनि आफूलाई उभ्याएकी कमलाले ‘नयनका आँसु’ र ‘नर्बिसे मलाई भन्ने’ दुइटा एल्बम पनि स्रोतमाझ ल्याएकी छन् ।


पछिल्लो समयमा अमेरिकामा बसेर साहित्यिक गतिविधिमा संलग्न रहेकी कमला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्व कोषाध्यक्ष हुन् । हालै निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएकी उनलाई अध्यक्षमा सोचेजस्तो भने सफलता मिलेन । यसका लागि उनले आफूले हारेको नभएर हराइएको भन्दै त्यहाँको अदालतमा मुद्दा दायर गरेकी छन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) साहित्यकारहरुका गतिविधिभन्दा अन्य कुराहरुको बढी चलखेलसमेत हुने गरेको उनको गुनासो छ । दुई दशक अघिदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी प्रसार्इंका विभिन्न कृतिहरु पाठकसामु आइसकेका छन् । उनकोे पहिलो कृति पूर्णाङ्की नाटक ‘चितामाथिको लास’, भिडियो फिल्मको कथावस्तु ‘खोई कहाँ छ उज्यालो ?’ तथा गीति एल्बमहरु ‘नयनका आँशु’, ‘नबिर्स मलाई’ र कविता, गीत विधामा लेखिएका कृतिहरु ‘मबिनाको मेरो जीवन’, ‘साइनोभित्रको मान्छे’ जस्ता कृतिहरु पाठकसामु आइसकेका छन् ।


शिक्षण पेशामा १४ वर्ष बिताएर पछिल्लो समयमा अमेरिकाको न्युयोर्कमा बस्दै आएकी साहित्यकार प्रसाईं विभिन्न पुरस्कारबाट पनि सम्मानित छिन् । केही समयपछि नेपालमा आएर बालबालिकासँग काम गर्ने र राजनीति गर्ने सोच बनाएकी उनको बसाइ लामो समयदेखि अमेरीका भए पनि उनी आफूलाई नेपाली पहिरन साडी चोलो नै मनपर्ने बताउँछिन् । ‘म अमेरिकाको हरेक कार्यक्रममा सारी लगाउँछु’ उनले भनिन् । कुर्ता सुरुवाल पनि आफूलाई मनपर्ने पहिरन भएको बताउने उनी अमेरिकन खानाभन्दा नेपाली दालभात नै मन पराउँछिन् ।

गुन्द्रुक, ढिँडो लगायत नेपाली खाना मेरो रोजाइको खाना हो । हरेक बिहान नियमित योगा गर्ने गरेकी उनी उमेरभन्दा निकै कान्छी देखिन्छिन् । रेड मिट, तेल भएका खाने कुरा मन नपराउने उनी फिटनेसका लागि डाइटिङ गर्दिनन् । उनको फिटनेसको अर्काे रहस्य ‘मर्निङवाक’ र नियमित शारीरिक अभ्यास पनि हो ।

फुर्सद भयो कि किताब समाउने उनी अहिले अम्बर न्यौपानेका पुस्तकहरु पढ्दै छिन् । रसियन राइटर निकोटा यास्रो भस्कीको किताब अग्निदीक्षा उनले अध्यायन गरिरहेको अर्काे पुस्तक हो । अध्यायन मात्र होइन किताब पनि लेख्दै गरेकी उनी लेखन प्रेरणा मिल्ने खालका किताब छानीछानी पढ्ने गरेकी छिन् ।


उनलाई मनपर्ने विदेशी राइटरमा म्याक्सिम गोर्की, सेक्सपिपयर नेपालका माया ठकुरी, कार्की शर्मा, निलम, अमर न्यौपाने, क्षेत्रप्रताव अधिकारीलगायत हुन् । भ्रमणतिर राम्रो रुचि भएकी उनी नयाँ नयाँ ठाउँ पुग्ने चाहना राख्छिन् ।

नेपालका प्रायः सबै जिल्ला घुमेकी उनले विदेशका थाइल्यान्ड, टोकियो, चाइना, भारत, क्यानडा, अमेरिकालगायत मुलुकमा पाइला टेकेकी छन् । भारतको नैनी ताल र ताजमहल पुग्ने उनको अहिलेको इच्छा हो ।

विद्यार्थी जीवनदेखि नै खेलकुदप्रति लगाव भएकी उनी ब्याड्मिन्टिन, भलिबल खेलाडी पनि हुन् । तर, उनको मनपर्ने खेल पनि भलिबल र ब्याडमेन्टिन नै हो । वीरेन्द्र सिल्ड खेलमा भाग लिएर केही खेल जितेकी जितेकी उनलाई पुराना खेलाडी गणेश थापा मनपर्छ रे । ‘नयाँमा कति छन् कति । नाम याद गरेर सक्दिन’ उनले भनिन् ।

बसाइ विदेशमा भए पनि टेलिभिजनका समाचार र विभिन्न जानकारी मुलक कार्यक्रमबाट स्वदेशका विविध गतिविधि जानकारी लिने गरेकी छन् उनले । टेलिभिजनमा इन्डियन आइडल, अमेरिकन आइडल, रियालिटी सो लगायतका कार्यक्रम हेर्न रुचाउँछिन् उनी । चलचित्र भने उनले नहेरेको धेरै भयो । विद्यार्थी जीवनमा उनी धेरै चलचित्र हेर्दथिन् ।

चलचित्र नै नहेरे पनि धेरै कलाकार चिन्छिन् उनी । अमेरिका बसाइले उनलाई कलाकारको नजिक गराएको हो । अमेरिका रहेका, बसेर फर्किएका धेरै कलाकारसँग त उनको नजिकको चिनजान पनि छ । गौरी मल्ल, पूजा चन्द, विपना थापालगायत उनका मनपर्ने कलाकार हुन् । नियमित एक्सरसाइज गर्ने भएकाले होला ठूलो रोग त्यस्तो केही छैन उनलाई । केही समययता प्रेसरले सताएको छ । यो समस्याका लागि उनले थोरै एमजीको औषधी सेवन गरिरहेकी छन् ।

६, ६ महिनामा होल बडी चेकअप गर्ने गरेकाले पनि ठूलो रोगले डेरा जमाउन नपाएको उनले बताइन् ।

धेरै नेपालीको सपनाको देश अमेरिका लामो समयदेखि बसोबास गर्दै आए पनि उनी मापसे कहिलै गर्दिनन् । उनको पारिवारिक माहोल पनि त्यस्तै छ । श्रीमान् पनि खाँदैनन् । बरु सङ्गीत सुन्नतिर उनको रुचि छ । सबै खालका सङ्गीत मनपर्छ उनलाई । सङ्गीतलाई सुखदुःखको साथी बनाएकी छन् उनले ।

विषेश गरेर आधुनिक, सेन्टिमेन्टल, पुरान गीतहरु रुचाउने गरेकी छन् उनले । स्वदेशका नारायणगोपालदेखि अहिलेका धेरै गायक मनपर्छ उनलाई । गाउन पनि रुचि भएकी उनी कहिले काहीँ गाउने गरेकी छन् । धेरै पढ्न नसकेकोमा पछुतो छ उनलाई । त्यसैले अझै पनि पढ्ने कोसिस गर्दैछिन् । सात कक्षा अध्यायन गर्दा गल्ती नै नगरी खाएको पिटाइ अझै भुल्न सकेकी छैनन् । ‘सायद जीवनभर पनि बिर्सिन होला त्यो घटना’ उनले सुनाइन् ।

अमेरिकामा घर किन्ने सोच बनाएकी उनको कुपन्डोलमा श्रीमान्को घर पनि छ । अमेरिकाको बसाइले राजधानीका एक दुई स्थान केही टुक्रा जग्गा जोड्न सफल उनीपछि यहीँबाट समाज सेवा गर्ने योजना सुनाउँछिन् ।

 हुन त उनी मेडिकल साइन्सले फेल गरेकीे व्यक्ति हुन् । उनीबाट बच्चा हँुदैन भनेर धेरै डाक्टरले भनेका थिए । सबैको ग्यारेन्टीलाई चुनौती दिँदै उनले सन्तान जन्माइन् । सन्तानको जन्मलाई उनले ईश्वरको कृपा ठान्ने गरेकी छन् ।

पहिलेदेखि नै सिम्पल गेटअफ मन पराउने उनी मेकअपप्रति रुचि नभएकी महिला हुन् । साधारण क्रिम, टाउकोमा कहिले काहीँ तोरिको तेललगायत उनले प्रयोग गर्ने सौन्दर्य प्रशाधन हुन् । विवाह, पार्टी र ठूलै उत्सव हुँदा कहिले काहीँ सानोतिनो मेकअप भने उनले गर्ने गरेकी छन् । अमेरिकामा रहने उनीसँग ठूलो सपना केही छैन । नेपालमा आएर समाज सेवा गर्ने, देशलाई सिगार्ने सपना छ । बालबालिको हितमा समेत काम गर्ने सपना पालेकी उनी राजनीतितिर पनि आउँन चाहन्छिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल