मीरा राजपुतकी सहपाठीले खोलिन् उनको पोलः उनले दिएको बयानमा यसरी चलाइन् शब्दवाण

मीरा राजपुतकी सहपाठीले खोलिन् उनको पोलः उनले दिएको बयानमा यसरी चलाइन् शब्दवाण

नारीवादमा दिइएको एक बयानको विषयमा मीरा राजपूतले निकै आलोचना झेल्नु परिरहेको छ । बलिउड अभिनेता शाहिद कपुरकी श्रीमती मीरा राजपुतले केहि समय पहिले गृहिणी र कामकाजी महिलाको बारेमा निकै विवादास्पद बयान दिएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मेरो गर्भावस्था निकै कठिन रह्यो । छोरीलाई जन्म दिनका लागि मैले ५ महिना निकै संधर्ष गर्नुपर्यो । त्यसकारण अहिले म आफ्नो सबै समय मेरी छोरीलाई दिन चाहन्छु । मलाई लाग्छ, ममाथि निकै ठूलो जिम्मेवारी छ र यो उमेरमा म निकै ऊर्जावान् छु । म अगाडि मेरो भविष्य छ । म मेरी छोरीलाई हुर्काउन सक्छु । म एक असल श्रीमती बन्न सक्छु । त्यसपछि मलाई केही कुराले पनि रोक्न सक्दैन । मलाई घरमा हुन निकै मनपर्छ । म मेरो सन्तानको आमा हुन पाउँदा खुसी छु । म दिनमा एक घण्टा उनीसँग बिताएर कामको लागि दौडन चाहन्नँ । यसो गर्ने हो भने मैले किन उसलाई जन्माउने ? उनी कुनै पप्पी (कुकुर) होइन । म उनको अगाडि एक आमाको रुपमा उनको सधैं अगाडि हुन चाहन्छु ।’

उनका यी अभिव्यक्तिमाथि उनकै सहपाठीले तिखो हमला गरेकी छिन् ।

डेक्कन क्रोनिकल्सले बताए अनुसार उनीसँगै पढ्ने उनकी साथीले आफ्नो फेसबुक अकाउन्टमा स्टेटस पोष्ट गरेर मीरालाई छोटो सोच भएकी महिलाको रुपमा वर्णन गरेकी छिन् । आफ्नो पोष्टमा उनले लेखिन्ः

डियर मीरा,

तिम्रो अन्तर्वार्ता हेरें । मलाई निक्कै रिस उठ्यो । मैले तिम्रो कलेज र तिम्रै ब्याचमा तीन वर्ष बिताएँ र म आज निकै आत्मविश्वासका साथ भन्न सक्छु कि तिम्रो महिलावादी सोच निकै खराब छ । तिमी कलेजमा आफ्नो ग्रुपसँग घुम्थ्यौ र जो तिम्रो फेसन स्ट्यान्डर्डसँग मेल खाँदैनथें तिमी ती युवतीलाई निच देख्थ्यौ । यसले तिम्रो छोटो सोचलाई देखाउँछ । कामकाजी महिलामाथि दिईको बयानले हामीलाई ती वर्षहरुमा लैजान्छ जहाँ वास्तविक सशक्तिकरण थियो जसबारे तिमीलाई केही थाहा छैन ।

सबै रोषसहित,

एक अवगत महिलावादी

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल