पेट्रोलियम पदार्थको मूल्य घटाउन रु ११ अर्ब माग

चैत ७

पेट्रोलियम पदार्थको मूल्य घटाउन रु ११ अर्ब माग

काठमाडौं–आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य घटाउन सरकारसँग करिव ११ अर्ब  माग गरेको छ ।
आपूर्ति सचिव प्रेमकुमार राईले करिव ११ अरव सरकारले व्यवस्था नगरे पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घटाउन नसकिने पनि स्पष्ट पारे ।
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य घटाउन व्यवस्थापिका संसद अन्तरगतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिमार्फत् आपूर्ति मन्त्रालयमाथि दवाव परिरहेको छ ।

सचिव राईले सडक सुधार खर्च वापत लाग्ने रकम ८ अरव ७ करोड, ३७ लाख १ हजार ८८ रुपैयाँ, पूर्वाधार शुल्क वापत लाग्ने १ अरव १६ करोड ३५ लाख ४६ हजार ७ सय १५ रुपैयाँ र प्रदुषण नियन्त्रण वापत लाग्ने रकम १ अरव ६३ करोड ९१ लाख १ हजार ७ सय ६ रुपैयाँ पैसा अर्थ मन्त्रालयले निकासा गरेमात्रै पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य घटाउन सकिने विवरण पनि सार्वजनिक गरे ।
भन्सार दस्तुर वापतको रकममा छुट दिन नसकिने अर्थ मन्त्रालयको निर्णयले पनि यथास्थितिमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य घटाउन नसकिएको राईले बताए ।

आपूर्ति मन्त्रालयले नेपालमा बिक्री गरिने पेट्रोलियम पदार्थको विक्री मूल्य भारतीय सीमावर्ती बजारको मूल्य भन्दा सस्तो हुन नहुने सर्त अर्थ मन्त्रालयले राखेको पनि स्मरण गराएको छ । अर्थ मन्त्रालयले भारतीय सीमावर्ती बजारको मूल्य भन्दा कम गरी पेट्रोलियम पदार्थ विक्री नगर्न आपूर्ति मन्त्रालयलाई २०७१ साल बैशाख ६ गते नै पत्राचार गरेको थियो ।
सोही समययता पेट्रोलियम पदार्थको मूल्य घटाउन आपूर्ति मन्त्रालयलाई नीतिगत रुपमै अप्ठयारो पर्दै आएको सचिव राईले जानकारी दिए ।
सरकारले खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो । सोही निर्णय फिर्ता लिन माग गर्दै व्यवस्थापिका संसदको उपभोक्ता हित संरक्षण उपसमितिले आपूर्ति मन्त्रालयलाई दवाव दिँदै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल