‘समर लभ’ मा सायाको भूमिकामा रेवती क्षेत्री पक्का

चैत ७

‘समर लभ’ मा सायाको भूमिकामा रेवती क्षेत्री पक्का

युवा साहित्यकार सुबिन भट्टराइद्वारा लेखिएको उपन्यास ‘समर लभ’ करिब दुई वर्ष पहिले नै पर्दामा आउने बताइएको थियो । तर उपयुक्त कलाकार नभेटिँदा फिल्म निर्माणको मिती पर सरिरहेको थियो । तर अब उक्त उपन्यासका प्रशंसकहरुले यसलाई पर्दामा चाँडै नै देख्न पाउने पक्कापक्की भएको छ । फिल्मको मुख्य पात्र सायाको भूमिकामा रेवती क्षेत्रीले अभिनय गर्ने निश्चित भएपछि फिल्म चाँडै नै बन्ने आशा गरिएको हो ।

आसामकी रेवती भारतमा आयोजना भएका विभिन्न सुन्दरी प्रतियोगिताकी सहभागी हुन् । उनले सन् २०१६ को मिस इन्टरनेशल इन्डियाका साथै सन् २०१६ कै मिस एसिया–वर्लड मिस युनिभर्सिटीको उपाधि बाजी मार्न सफल भइन् ।

कानून विषयकी २३ वर्षीया छात्रा उनको ‘ग्याङ्ग्स अफ नर्थ इस्ट’ यसै महिना भारतमा रिलिज हुँदैछ । उनले अर्को फिल्म ‘खातुन’ मा पनि अभिनय गर्ने तय भइसकेको छ ।

क्षत्रीलाई आइतबार एक पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । मोडल आशिष पिया अतितको भूमिकामार्फत  फिल्ममा डेब्यू गर्दैछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल