साल्ट ट्रेडिङको सोधभर्ना रकम दिन सरकारलाई समितिको निर्देशन

चैत ७

साल्ट ट्रेडिङको सोधभर्ना रकम दिन सरकारलाई समितिको निर्देशन

काठमाडौ –व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले साल्ट ट्रेडिङ लिमिटेडको हालसम्मको सोधभर्ना रकम एक महिनाभित्र व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले सुपथ पसल संचालन गर्दाको छुट तथा प्रशासनिक खर्च वापतको हालसम्मको सोधभर्ना रकम एक महिनाभित्र व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई पुनः निर्देशन दिएको हो ।

बैठकपछि समिति अन्तरगतको उपसमितिका संयोजक सुवाषचन्द्र शाह ठकुरीले २०६८ सालदेखि साल्ट ट्रेडिङले पाउनुपर्ने सोधभर्ना वापतको रकम तत्काल व्यवस्था गर्न सरकारलाई पुनः निर्देशन दिइएको बताए । समितिले अर्थ मन्त्रालयले भनेअनुसारको कागजात एकहप्ता भित्रै पेश गर्न पनि साल्ट ट्रेडिङलाई सचेत गराएको छ ।

साल्ट ट्रेडिङले खरिद गरेको जस्तापाता र त्रिपाल आपूर्ति मन्त्रालयगत समन्वय विक्री वितरण गर्ने व्यवस्था मिलाउन भनेको छ । बैठकमा साल्ट ट्रेडिङ लिमिटेडकी महानिर्देशक उर्मिला श्रेष्ठले सुपथ मूल्य पसल संचालन गरेवापतको सोधभर्ना रकम समेत पाउन नसकेको गुनासो गरिन् ।

उनले २०६८ सालयताको सुपथ मूल्य पसल संचालन वापतको रकम निकासामा अर्थ मन्त्रालयले नै दुःख दिने गरेको गुनासो समेत गरिन् । साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थानसहितका सार्वजनिक संस्थानहरुले दशंै विशेषको अवसर पारेर सुपथ मूल्य पसल संचालन गर्दै आएको छ ।

समितिले घाटामा गएको साल्ट टेडिङको उचित व्यवस्थापन गर्न पनि आपूर्ति मन्त्रालयलाई सचेत गराउँदै आएको छ । यता, अर्थ मन्त्रालयले भने कागजातको अभावमा सोध भर्नावापतको रुकम निकासा गर्न कठिनाई हुने गरेको जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल