दासढुंगामा ‘म यस्तो गीत गाउँछु’ चलचित्रको गीत

७ चैत्र

दासढुंगामा ‘म यस्तो गीत गाउँछु’ चलचित्रको गीत

काठमाडौं –पछिल्लो समय निर्माण भएका अधिकांस चलचित्रका गीतमा कोरस डान्सर देख्न बिरलै पाइन्छ ।

चलचित्रको बजेट महँगिने भएकोले पनि निर्माता निर्देशकले गीतमा कोरस कलाकार कम नचाउने गरेका छन् ।

छायाँकन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले भने एक गीतमा सय कोरस डान्सर कलाकार राखेर बनाएको छ । चलचित्र भित्र रहने ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलको गीतमा यति धेरै कोरस राखिएको हो ।

गीत दासढुंगा आसपासका स्थानमा छायाँकन गरिएको छ । कविराज गहतराजले नृत्य निर्देशन गरेको गीतमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मा पनि देखिएका छन् ।

चलचित्रमा पल र पुजाको अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी लगायतको समेत अभिनय रहेको छ ।

२५ दिन अगाडि सुरु भएको चलचित्रको अहिले ६० प्रतिशत काम सकिएको छ । सुदर्शन थापाले निर्देशन गरिरहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल