भक्तपुरका बस व्यवसायीको दादागिरी : साझा बस चल्न नदिने धम्की

चैत ७

भक्तपुरका बस व्यवसायीको दादागिरी : साझा बस चल्न नदिने धम्की

भक्तपुर– भक्तपुरका यातायात ब्यवसायी सिण्डकेटको पक्षमा उभिएका छन् । उनहिरुले जिल्लाभित्र सरकारले साझा बस संचालन गरे ग्रामीण क्षेत्रका सम्पूर्ण रुटमा यायायात ठप्प पार्ने धम्की दिएका छन् । व्यवसायीले सोमबार पत्रकार सम्मेलन गरी ग्रामीण क्षेत्रमा सवारी ठप्प पार्ने धम्की दिएका हुन् ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको भन्दै साझा बस भित्रीए ग्रामीण रुटमा यातायात ठप्प पार्ने धम्की दिए ।

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले साझा बस भक्तपुर चलाउने विषयको विरोध गरे ।

व्यवसायीले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप समेत लगाए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल