निकै चर्चित ‘कफी ह्याम्पर’ मा आखिर के–के छन् ? करण जोहरले अन्ततः खोले राज

चैत ७  |   एजेन्सी

निकै चर्चित ‘कफी ह्याम्पर’ मा आखिर के–के छन् ? करण जोहरले अन्ततः खोले राज

के तपाईंले करणको टक सो ‘कफी विद करण’ हेर्नुभएको छ । हेर्नुभएको छ भने र्यापिड फायर राउण्डमा जित्ने व्यक्तित्वले ‘कफी ह्याम्पर’ पाउने कुरा पनि थाहा होला । तर यसमा दुई मत छैन कि निकै गह्रुँङ्गो देखिने उक्त ह्याम्परमा के के कुरा राखिएको छ ?

वास्तवमा कार्यक्रमको बिचमा खेलिने एक खेलका विजेतालाई दिइने उपहारलाई करण जोहरले ‘कफी ह्याम्पर’ नाम दिएका छन् । उक्त उपहारका लागि सेलिब्रिटीहरुबिच निकै कडा प्रतिस्पर्धा हुने गरेको हामीले देख्ने गरेका छौं ।

कार्यक्रम पाँचौं संस्करणमा चलिरहँदा यसको उपहारको आकार पनि वर्षैपिच्छे बढिरहेको छ ।

करणले उक्त उपहारमा राखिएका वस्तु के के हुन् त्यसबारे जानकारी दिएका छन्ः

१. ब्राउनी

२. कफी मग

३. मर्लिनको घुम्ने स्पिकर

४. रोष्टेड कफी

५. कफी फ्रेन्च प्रेस

६. नर्डिक क्यान्डी

७. फरेष्ट इसेन्सियलको क्लिन्जिङ पेष्ट

८. ५ लाख बराबरको कोहलर भौचर

९. निलोफर कुरेसीको हेल्थ बार्स

१०. चक्लेटहरु

११. एक बोतल स्पाम्पेन

१२. कुकिज

१३. द लेबल लाइफको चिज प्ल्याटर

केही दिन अघि कार्यक्रममा पाहुनाको रुपमा उपस्थित भएका कपिल शर्माले उक्त उपहारको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल