कपिलले विद्या बालनलाई के गरे यस्तो ? रिसाएर कार्यक्रम नै…

चैत ७  |   एजेन्सी

कपिलले विद्या बालनलाई के गरे यस्तो ? रिसाएर कार्यक्रम नै…

यस्तो लाग्छ विवादले कपिलको पिछा छोड्न चाहँदैन । शनिबारदेखि कपिल शर्मा राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा छाइरहेका छन् । शनिबार बिहानै प्रेमिकाको फोटो सार्वजनिक गरेर होस् वा आफ्ना सहकर्मी सुनिल ग्रोवर र चन्दन प्रभाकरमाथि हातपात गरेका कारण, उनी चर्चामै छन् । तर अब फिल्म ‘बेगम जान’ की नायिका विद्या बालनमाथि पनि यस्तो व्यवहार गरेका छन् जसले चर्चा बटुलेको छ ।

वास्तवमा विद्या बालन, इला अरुण, गौहर खान, पल्लवी शारखा र फिल्मका अन्य नायिकाहरुसँग ‘द कपिल शर्मा शो’ मा ‘बेगम जान’ को प्रामोसनका लागि पुगेकी थिइन् । तर कार्यक्रमको सुटिङका लागि उनले करिब ६ घण्टा कुराए ।

रिपोर्टका अनुसार कपिललाई कुर्दा कुर्दै जब विद्यालाई रिस उठ्यो उनले सुटिङ नै नगरी त्यहाँबाट फर्किने निधो गरिन् । कारसम्म पुगेकी उनलाई कपिलले फोन गरेर आफूहरु सुटिङका लागि बल्ल तयार भएको जानकारी दिँदै फिर्ता हुन आग्रह गरे । फिल्मको प्रोमोसन गर्नुपर्ने भएकाले उनी कार्यक्रममा फिर्ता भएको बताइएको छ ।

पहिले पनि गराइसकेका छन् प्रतिक्षाः

कपिलले कुनै सेलिब्रिटीलाई कार्यक्रमका लागि कुराएको यो पहिलो घटना भने होइन । योभन्दा पहिले उनले श्रद्धा कपुर र आदित्य रोय कपुरलाई ‘ओके जानू’ को प्रोमोसनका बेला पनि ६ घण्टासम्म कुराए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल