आईजीपीको बहस सकियो, फैसला भोलिमात्र

चैत ७

आईजीपीको बहस सकियो, फैसला भोलिमात्र

काठमाण्डौ – नेपाल प्रहरीको आईजीपी विवाद सम्बन्धी फैसला आज पनि भएन ।

सर्वौच्च अदालतको फुल बेन्चले यो मुद्धामा बहस सकेपनि समय अभावका कारण फैसला मंगलवारमात्र सुनाइने बताइएको छ । आजको बहसमा प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको टोली सहभागि रहेको थियो ।

बहसको सुरुमा पहिला सरकारी वकिलले बहस गरेपछि डिआईजी नवराज सिलवाल र रिट निवेदक कपिलदेवका तर्फका विपक्षी वकिलले प्रतिउत्तर दिएका थिए ।

गत फागनु १ गते डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेपछि अर्का डिआइजी नवराज सिलवालले आफु बरिष्ठ भएको भन्दै रिट दिएका थिए भने वकिल कपिलदेवले पनि रिट दिएका थिए ।

यसैवीच चनद र सिलवालका व्याजका प्रकास अर्यालले पनि आज अर्को रिट हालेका छन् ।

सिलवालले आफु कार्यसम्पादन मुल्यांकनमा सिलवाल र चन्द भन्दा अघि रहेको रिटमा दावी गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल