तस्विरमा हेर्नुहोस् ‘राजतन्त्र’ र ‘हिन्दुराष्ट्र’ को मुद्दाले निम्ताएको झडप

चैत ७

तस्विरमा हेर्नुहोस् ‘राजतन्त्र’ र ‘हिन्दुराष्ट्र’ को मुद्दाले निम्ताएको झडप

काठमाडौं– पार्टीको विधानमा रहेको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र शब्दावलीलाई निर्वाचन आयोगले हटाएको विरोधमा राप्रपाले गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।

झडपका क्रममा राप्रपा वरिष्ठ नेता पशुपति शमशेर राणा, कोमल वलीसहितका केहि कार्यकर्ता घाइते भएको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


आयोगमा धर्नाको लागि जमलतर्फबाट राप्रपाका नेता कार्यकर्ताहरु अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर, राप्रपाका नेता कार्यकर्ताहरु जबरजस्ती अघि बढ्न खोजेपछि झडप बन्न पुगेको हो ।


सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रहरी हस्तक्षेपबाट राणाको खुटमा चोट लागेको छ भने अहिले सडकै नेता कार्यकर्ताले आयोग र प्रहरी प्रशासनविरुद्व चर्का नाराबाजी गरेका छन् ।


निर्वाचन आयोगले गत शुक्रबार राप्रपाको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र शब्दावली हटाइदिएपछि राप्रपा आन्दोलित भएको हो ।

झडप पछि राप्रपाका कार्यकर्ताले सडकमै बसी प्रहरीको ज्यादती विरुद्ध नाराबाजी गरेका थिए । झडपको केही समयपछि मात्रै वर्तमान सरकारका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री समेत रहेका पार्टी अध्यक्ष कमल थापा सो स्थान पुगेका थिए ।

झडपका बाबजुत अध्यक्ष थापा नेतृत्वको टोलीले निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाएको सम्बन्धमा विरोध गर्दे निर्णय माथि पुर्नविचार गर्न आग्रह गर्दे आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

राप्रपाले सोमबार मुलुकभरका जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा धर्ना दिई ज्ञापनपत्र बुझाएको छ ।



 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल