अन्तराष्ट्रिय व्यापार मेला सकियो, २० करोडको कारोवार

चैत ७  |   रातोपाटी संवाददाता

अन्तराष्ट्रिय व्यापार  मेला सकियो, २० करोडको कारोवार

काठमाडौं – नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा झण्डै २० करोड बराबरको कारोबार भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा संचालन भएको मेला २ लाख अवलोकनकर्ताले अवलोकन गरेको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

महासंघद्धारा नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना गरिएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा २० करोडको कारोवार भएको मेला संयोजक विष्णु ढकालले जानकारी दिए ।

चैत ३ गते देखि ७ गते सम्म चलेको मेलामा ३ सय ४० स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । ५ लाख अवलोकनर्ताले अवलोकन गर्ने अनुमान गरिएको भएपनि मेला २ लाखले मात्रै अवलोकन गरेको आयोजकले जनाएका छन् । मेलामा स्वदेशी एंव विदेशी वस्तु तथा सेवाको हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका स्टल राखिएको थिए । मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीको सहभागिता थियो ।

मेलाको आकर्षकको रुपमा रहेको जव फेयर फर्ममा करिब ५ सय जनाले रोजगारीका लागि निवेदन दिएको तथा ३३ रोजगारदाताहरुले सम्पर्क गरेको पनि मेला आयोजकले जनाएका छन् । आगामी बर्षको मेला मार्च २०१८ मा गर्ने निर्णय पनि भएको छ । आगामी मेलाका लागि २ सय स्टलहरु अहिले नै बुक भईसकेको बताईएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल