तीनै तहको निर्वाचन संभव – देउवा

चैत ७  |   रातोपाटी संवाददाता

तीनै तहको निर्वाचन संभव – देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा छलफलमा रहेको संविधानको दोश्रो संसोधन विधेयक पास गर्न सके तीनै तहको निर्वाचन संभव हुने बताएका छन् ।

गिरिजा प्रसाद कोइरालाको सातौ स्मृति दिवसका अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा सभापति देउवाले तीनै तहको निर्वाचन गरि गणतन्त्रलाई बलियो बनाउनका लागि संविधान संसोधन विधेयकलाई पास गर्नुपर्नेमा जोड दिएको हो ।
प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि मधेसका जनताको भावना कदर गर्नु जरुरी रहेको भन्दै उनले त्यसैका लागि सरकारले संविधान संसोधन गरेको दाबी समेत गरे । एमालेले बखेडा झिकेर विधेयक पास गर्न नदिएको आरोप लगाउदै सभापति देउवाले पहाडी र मधेसीबीचको सद्भाव हट्यो भने अन्तत त्यसले कसैको हित नगर्ने चेतावनी समेत दिए ।

जी पी कोइराला अध्ययन केन्द्रले राष्ट्रिय नाच घरमा आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले स्वर्गीय गिरिजा प्रसाद कोइरालाले प्रजातन्त्र प्राप्तीका लागि पुर्याएको योगदानको फेहरिस्त प्रस्तुत गर्दे प्रजातन्त्रलाई कहिलेही गुमाउन नपरोस भन्ने उनको मूल मन्त्र विर्सन नहुने बताए । उनले जिपी कोइरालाले शान्ति र प्रजातन्त्रका लागि गरेको कार्यको संस्थागत जगेर्नाका लागि निर्धारित समय भित्र तीनै तहको निर्वाचन गर्नु आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेताहरु कृष्ण प्रसाद सिटौला , अर्जुन नरसिंह केसी लगायतको उल्लेख्य उपस्थिति थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल