ट्याङकरको ठक्करले एक बाललको मृत्यु

चैत ७  |   रातोपाटी संवाददाता

ट्याङकरको ठक्करले एक बाललको मृत्यु

जनकपुरधाम – जनकपुरमा टयाङकरको ठक्करले एक बालकको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ बोक्ने टयाङकरको ठकरले जनकपुरमा एक वालकको मृत्यु हुन पुगेको हो ।

बुवा रामनारायण साहसँग मोटरसाईकलमा घर जादै गर्दा पछाडीबाट ठयाङकरले ठक्कर दिँदा महोत्तरी खुट्टापिराडी–३ बस्ने १४ वर्षिय महेश साहको मृत्यु भएको हो । गाडी नम्बर ज९प १४९६ नम्बरको मोटरसाईकलमा ढल्केरबाट पेट्रोलियम पदार्थ बोकी जनकपुर आउदै गरेको ना ४ ख २७२१ नम्बरको टयाङकरले साह चढेको मोटरसाईकलमा पछाडीबाटै ठकर दिएको थियो ।

टयाङकरको ठक्करले गम्भिर घाईते भएका साहको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टयाङकर सहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले घटनाको अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल