वर्षातले सिरहाका ईट्टा भट्टामा यस्तो क्षति पुर्यायो, हेर्नुस तस्वीर

चैत ७  |   रामभरोसी यादव

वर्षातले सिरहाका ईट्टा भट्टामा यस्तो क्षति पुर्यायो, हेर्नुस तस्वीर

सिरहा–सिरहा बेमोसमि वर्षातको कारणले भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा साढे पाँच करोडभन्दा बढी रुपैयाँको क्षति भएको सिरहाका इँटा व्यवसायीहरुले बताएका छन् ।

आइतबार रातिदेखि अहिलेसम्म पटक पटक परेको पानीले जिल्लाका विभिन्न ठाउँमा रहेका ५६ वटा इँटा भट्टामा पोल्न तयारी अवस्थामा राखिएका करिब दुई करोड ८० लाख वटा काँचो इँटा गल्दा व्यवसायीहरुले क्षति व्यहोर्नु परेको हो ।


नेपाल इँटा भट्टा महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका गोलबजारस्थित सागर इँटा उद्योगका संचालक बिक्रम साहका अनुसार अहिलेको पिक सिजनमा जिल्लाका ५६ वटा भट्टामा पोल्न राखिएका काँचो इँटा गल्दा व्यवसायीहरुले ठूलो आर्थिक क्षति बेहोर्नु परेको हो ।
‘प्रतिगोटा काँचो इँटा तयारीका लागि मजदूरको पारिश्रमिक, माटो, पानी लगायतको मूल्य जोड्दा प्रतिगोटा लागत नै दुई रुपैयाँ पर्न जान्छ’ केन्द्रीय सदस्य साहले भन्नुभयो ‘वर्षात्को पानीले व्यवसायीहरुलाई नराम्ररी धक्का लागेको छ,’उनले भने ।
‘अहिलेको सिजन इँटा भट्टा व्यवसायीहरुका लागि पिक सिजन हो‘ गोलबजारस्थित सगुण इँटा उद्योगका संचालक रामसगुन यादवले भन्नुभयो ‘वर्षात्को पानीले काँचो इँटा गल्दा व्यवसायीहरुले लागत मूल्य त गुमाउनुका साथै त्यसलाई पुनः गलाएर नयाँ बनाउनु पर्दा दोब्बर मर्का पर्ने भएको छ ।’
सिरहाको गोलबजार क्षेत्रमा मात्र पूर्व पश्चिम सडक दायाँ बायाँ १८ वटा इँटा भट्टाहरु संचालनमा रहेका छन् भने जिल्लाका अन्य भागमा ३८ वटा भट्टा रहेको केन्द्रीय सदस्य साहले उल्लेख गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल