शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आफ्नै फार्मेसी

चैत ७  |   रासस

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आफ्नै फार्मेसी

काठमाडौँ –  झाडापखालाको महामारी फैलिएपछि ८३ वर्षअघि स्थापित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

अस्पतालका निर्देशक डा रमेश खरेलले सरकारले सबै सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालना गर्दै फार्मेसी सञ्चालनमा ल्याइएको बताए । सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने नीतिअनुरुप मन्त्रालयले सबै केन्द्रीय, अञ्चल, क्षेत्रीय, उपक्षेत्रीय तथा जिल्ला अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । सोबापत उक्त अस्पतालले रु ३० लाख बीउ पुँजी प्राप्त गरेको थियो ।

अस्पतालकोे फार्मेसी सञ्चालनमा ल्याइएपछि अस्पताल परिसरमा सञ्चालित साझाको औषधि पसल हट्ने निर्देशक डा खरेलले जानकारी दिए । फार्मेसी सुपरभाइजर टेकेन्द्र मिश्रले अस्पतालको फार्मेसीमा अहिले करिब एक सय ५० प्रकारको औषधि रहेको र बाँकी औषधि चाँडै ल्याइने बताए । फार्मेसीबाट बाहिरभन्दा २४सै घन्टा सस्तोमा गुणस्तरीय औषधि उपलब्ध हुने अस्पतालले जिकिर गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल