यस्तो छलफल भयो, भुटानी शरणार्थीको राहत रोकिएको विषयमा

चैत ७  |   रासस

यस्तो छलफल भयो, भुटानी शरणार्थीको राहत रोकिएको विषयमा

काठमाडौँ – उपप्रधानमन्त्री विमलेन्द्र निधि र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगको कार्यालय (युएनएचसीआर) का नेपाल प्रतिनिधि केभिन जे आलेनबीच आज भएको भेटवार्तामा पूर्वी नेपालका शरणार्थी शिविरमा बसेका शरणार्थीले पाउँदै आएको राहत पछिल्लो समय कटौती भएको र राहत आपूर्ति गराउने विषयमा छलफल भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा उनहरुबीच भुटानी शरणार्थीको संयुक्त राज्य अमेरिकामा पुनर्वासको व्यवस्था हुँदै आएकामा त्यहाँ जाने तयारीमा रहेका शरणार्थी पछिल्लो समय अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि त्यहाँको सरकारको नीतिका कारण रोकिएका विषयमा पनि छलफल भएको उपप्रधानमन्त्री निधिको निजी सचिवालयले जनाएको छ । ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल