जोखिम न्युनीकरण नीति र रणनीति कार्यशाला

चैत ७  |   रासस

जोखिम न्युनीकरण नीति र रणनीति कार्यशाला

नवलपरासी –गृह मन्त्रालयले आज नवलपरासीमा राष्ट्रिय विपद जोखिम न्युनीकरण नीति र रणनीतिक कार्ययोजनाका लागि परामर्श कार्यशाला आयोजना गर्यो ।

कार्यशालामा जिल्लामा विपद जोखिम न्युनीकरण गर्न नीति तथा रणनीति तयार गर्न समूह समूह बनाई कार्ययोजना तयार गरिएको थियो । कार्यशालामा विपद जोखिम न्युनीकरणसम्बन्धी राष्ट्रिय कानुन, ऐन, नियम र कार्यढाँचालगायतका कार्ययोजना गृह मन्त्रालयका उप सचिव चक्रपाणी पाण्डेले कार्यपत्रमार्फत प्रस्तुत गरेको थियो ।

कार्यशालामा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, स्थानीय विकास अधिकारी युवराज कट्टेललगायतले विपद व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेको थियो ।

कार्यक्रममा विपद व्यवस्थापनका सवालमा देखिएको समस्या तथा चुनौतीहरुलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल भएको थियो ।

जिल्लास्थित विपद्को क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, सरोकारवाला र सञ्चारकर्मीको कार्यक्रममा सहभागिता थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल