रातोपाटी प्याकेजः यस्ता छन् आजका चर्चित समाचार

चैत ७

रातोपाटी प्याकेजः यस्ता छन् आजका चर्चित समाचार

काठमाडौं– सोमबार रातोपाटीबाट अरु दिन झैं सयौं समाचार पोस्ट भए । ति मध्ये मुख्यमुख्य समाचार लिंकसहित प्रस्तुत गरिएको छ ।

कार्यदलमा पनि कुरा मिलेनः कहाँ अड्कियो हलो ?

काठमाडौ – चैत २ र ३ गते सरकार र मधेशी मोर्चाको बीच भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको प्रस्तावमा सहमति हुन नसकेपछि सोही प्रस्तावमाथि छलफल गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कहाँ – कहाँ कति भुकम्प पीडितले पहिलो किस्ता पाए ?

काठमाडौँ–  भूकम्पको दुई वर्ष बित्न लाग्दासमेत अतिप्रभावित १४ जिल्लाका केही पीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसालले दिएको जानकारीअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा सम्पर्कमा नआएका, बस्ती जोखिममा परेका र जग्गाको स्वामित्व नभएका लाभग्राहीसँग मात्र अनुदान सम्झौता गर्न बाँकी छ ।

काभ्रेको पाँचखालमा भेला भए २८ देशका सैनिक, नेपाली सेनाले देखायो यस्तो खुकुरी कला

काभ्रे – नेपाली सेनाले तेश्रो शान्ति प्रयास कार्यक्रम अन्र्तगत २८ देशका सैनीकसँग संयुक्त सैन्य अभ्यास कार्यक्रम सोमबारदेखि शूरु गरेको छ । काभ्रेको पाँचखालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका बिच कार्यक्रमको उद्घाटन गरेका हुन् ।

तस्विरमा हेर्नुहोस् ‘राजतन्त्र’ र ‘हिन्दुराष्ट्र’ को मुद्दाले निम्ताएको झडप

काठमाडौं– पार्टीको विधानमा रहेको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र शब्दावलीलाई निर्वाचन आयोगले हटाएको विरोधमा राप्रपाले गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।

आईजीपीको बहस सकियो, फैसला भोलिमात्र

काठमाण्डौ – नेपाल प्रहरीको आईजीपी विवाद सम्बन्धी फैसला आज पनि भएन ।

२८ देशको संयुक्त सैन्य अभ्यासको उद्घाटनमा जे देखियो.. (हेर्नुस् २५ तस्बिर)

काठमाडौँ– संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना काभ्रेको पाँचखालमा भेला भएका छन् ।

कपिलको अभद्र व्यवहार सहन नसकेर सुनिल ग्रोभरले छोडे कार्यक्रम ? कपिलको यस्तो प्रतिक्रिया

सुनिल ग्रोभरका प्रशंसक र ‘द कपिल शर्मा शो’ ले सायद चाँडै नै  डा. मसुर गुलाटी र रिन्कु भावीको भूमिकालाई अब देख्न पाउने छैनन् किनभने सुनिलले प्रस्तोता कपिल शर्मासँग झगडा भएपछि कार्यक्रम छोड्ने निधो गरेको भारतीय समाचार एजेन्सी टाइम्स अफ इन्डियाले बताएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल