साउदी सरकारले दिएको आममाफी समयमै घर फर्किन नेपालीलाई अनुरोध

चैत्र ८

साउदी सरकारले दिएको आममाफी समयमै घर फर्किन नेपालीलाई अनुरोध

साउदी अरब – नेपाली जन प्रगतिशील मन्च साउदी अरबले साउदी सरकारले घोषणा गरेको आममाफीे समय अबधि भित्र सबै पीडित नेपाली स्वदेश फर्कन अनुरोध गरेको छ । साउदी अरव सरकारले तीन महिनाभित्र गैरकानुनी रुपमा बसेका घर फर्के कारवाही नगर्ने बताएपछि मन्चले यस्तो बताएको हो ।

मन्चका महासचिव बाबुलाल बुढाले भने, ‘साउदी सरकारले गरेको ३ महिने आममाफी घोषणाको समय अबधि भित्र सबै पीडित नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई स्वदेश फर्कनको लागि अनुरोध गरेका छौँ ।’ उनले यसका लागि आफुहरुले सहयोग गर्ने पनि बताए ।

यहि मार्च १८ मा साउदीका गृहमन्त्रीद्वारा गैरकानुनी हैसियतका कामदारलाई बिना सजाय स्वदेश फर्कन पाउने गरी ९० दिनको आममाफीपको घोषणा गरेका थिए । मन्चले यसलाई स्वागतयोग्य भनेको छ । उपप्रधान तथा गृहमन्त्री मोहनेपाली म्मद बिन नैफ ले उक्त घोषणा यहि मार्च २९ तारीखबाट लागु हुने बताएका छन ।

साउदी सरकारले यो भन्दा ३ साल पहिले पनि आप्रवासी नागरिकहरुको लागि आममाफी दिएको थियो । त्यतिखेर पनि हजारौं आप्रवासी नेपाली सजिलै स्वदेश फर्कन पाएका थिए ।

साउदी अरबको बिकराल अर्थमन्दीकै कारण धेरै जसो मारमा परेका कम्पनीको असर लाखौ कामदारले भोगिरहेका छन् । यस्तो घोषणाले बाध्यता बस कम्पनीमा काम गर्दा गर्दै छाडेर गैरकानुनी रुपले अर्को कम्पनीमा गएकाहरु, कम्पनीले भिसा नलगाई बन्धक राखेका र कम्पनी बन्द भई स्वदेश फर्कन नपाएकाहरुले लाभ लिन सक्नेछन् ।

साउदी अरबस्थित नेपाली दूतावासले पीडित कामदारलाई स्वदेश उद्धार गर्न नेपाली दूतावास हरबखत प्रयासरत रहेको जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल