उफ्… गर्भ निरोधका लागि मानिसले के– के गरेनन् ?

उफ्… गर्भ निरोधका लागि मानिसले के– के गरेनन् ?

बीबीसी

बैशाख ५ – गर्भनिरोधक औषधीका कारण व्यापक सामाजिक परिवर्तन आयो । यो परिवर्तनलाई हरेकले महसूस गरिरहेको र यसबारे कसैले अस्विकार गरेको छैन । अमेरिकाको बर्थ कन्ट्रोल एक्टिभिष्ट मार्गरेट सेंगरले वैज्ञानिकसँग यस्तो औषधीका लागि आग्रह गरेका थिए । सेंगरले यसमार्फत महिलालाई समाजिक र यौन स्वतन्त्रता पाउन् भन्ने सपना देखेकी थिइन् ता कि उनीहरु पुरुषको बराबरीमा आउन सकून् ।

गर्भनिरोधक औषधीले सामाजिक क्रान्ति मात्र नभई २० औं शताब्दीमा महत्वपूर्ण आर्थिक परिवर्तन पनि भए । पर्वाह नगरीकनै स्थापित गरिने यौनसम्बन्ध स्थापित गर्दा गर्भवती हुने ठूलो समस्या थियो । यसलाई रोक्नका लागि जोडीले शताब्दिदेखि भिन्न तरिका अपनाउने गर्दथे ।

गोहीको मलः

प्राचिन इजिप्टको प्रमातुर महिला गोहीको मल प्रयोग गरेर गर्भ रोक्ने गर्दथे । महिला गोहीको मलको प्रयोग योनीमा संक्रमण र गर्भबाट बच्नका लागि हाल्ने गर्दथे । सन् १८५० इसा पूर्वको दस्तावेजका अनुसार यो तरिका गर्भनिरोधकको रुपमा गरिन्थ्यो । गोहीको मल आधुनिक शुक्राणुनाशको रुपमा हल्का अल्कलाइन हुन्छ त्यसकारण यो प्रभावकारी हुने सम्भावना रहन्छ ।

निचोरिएको आधा कागतीः

थुप्रै संस्कृतिहरुमा निचोरिएको आधा कागतीको प्रयोग शुक्राणुनाशकको रुपमा गरिन्थ्यो । क्यासानोभाको संस्मरणमा बर्थ कन्ट्रोलको विषयमा यसको प्रयोग गरिएको बारे बताइएको छ । भेडाको मूत्राशयबाट बनेको कन्डममा निचोरिएको आधा कागतीको प्रयोग अस्थायी रुपमा सर्वाइकल क्यापको रुपमा गरिन्थ्यो । कागतीको साइट्रिक एसिड शुक्राणुनाशकको काम गर्दछ तर यो तरिका ती व्यक्तिका लागि होइन जो संयमपूर्वक काम गर्न सक्दैनन् । कागतीको प्रयोग अहिले पनि थुप्रै ठाउँमा गरिन्छ ।

अब संसार यी जटिल तरिकाभन्दा अगाडि बढिसकेको छ । अनावश्यक गर्भबाट बच्नका लागि कण्डम पनि छ तर मानिस यसको प्रयोग सही तरिकाले गर्न सक्दैनन् । थुप्रै पटक यो फुट्ने गर्छ र चिप्लिन्छ पनि । एक अध्ययन अनुसार यौन सम्बन्धमा सक्रिय प्रत्येक सय महिला जसले गर्भबाट बच्नका लागि कण्डमको प्रयोग गरेका छन् तीमध्ये १८ जना गर्भवती हुने गर्दछन् । त्यसकारण यो विषयमा गर्भनिरोधक चक्की धेरै सुरक्षित हुन्छन् । कण्डमको तुलनमा यसको विफलता दर ६ प्रतिशत हो । यो कण्डमको तुलनामा तीन गुणा बढि सुरक्षित हुने गर्दछ ।

गर्भनिरोधक चक्कीका कारण महिलामा आत्मविश्वास बढेको छ । गर्भनिरोधक चक्कीको सेवन महिलाको नीजि निर्णय हो । यो कुरा थुप्रै पटक सेक्स पार्टनरलाई पनि थाहा हुँदैन ।

अमेरिका संसारको पहिलो देश थियो जसले सन् १९६० मा गर्भनिरोधक औषधीको प्रयोगको अनुमती दियो । मात्र पाँच वर्ष भित्र लगभग आधा विवाहित महिलाले गर्भनिरोधकको रुपमा औषधीको सेवन सुरु गरेका थिए ।

तर वास्तविक क्रान्ति त्यतिबेला आयो जब एकल महिलाले यसको प्रयोग गर्न सुरु गरे । यद्यपी, यसका लागि उनीहरुले निकै प्रतिक्षा गर्नुपर्यो ।

सन् १९७० को दशकको मध्यमा अमेरिकामा १८ देखि १९ वर्षका महिलाबिच गर्भबाट बच्नका लागि यो चक्की निकै लोकप्रिय भयो र त्यसपछि आर्थिक क्रान्तिको सुरुवात भयो ।

अमेरिकामा सन् १९७० सम्म कानून, मेडिसिन, दन्त चिकित्सा र एमबीएको डिग्री पुरुषका लागि धेरै रुचीकर थियो । यो औषधीका कारण यो क्षेत्रमा महिलाको दमदार प्रवेश भयो ।

पहिला यस्तो प्रकारको पढाइमा महिलाको उपस्थिती २० प्रतिशत थियो, त्यसपछि २५ प्रतिशत भयो र सन् १९८० देखि यो अध्ययनमा महिला ग्राजुएटको संख्या एक तिहाईसम्म भयो ।

महिलाहरु कलेज गएर मात्र यस्तो भइरहेको थिएन । महिलाले यी पेशालाई छान्न सुरु गरेका थिए । मेडिकलको पढाईमा महिलाको उपस्थिती नाटकीय रुपमा बढ्यो । अन्य क्षेत्रमा पनि महिलाको उपस्थिती लगातार बढिरह्यो ।

गर्भनिरोधक चक्कीका कारण महिलाको प्रजननमा नियन्त्रण राख्ने शक्ति मिल्यो । यसै कारणले उनले आफ्नो जीवनको महत्वपूर्ण समयलाई करियरमा  लगानी गरे । आमा कहिले बन्ने हो यो निर्णय महिला अब आफैं लिन थाले ।

कम्तीमा पनि ३० वर्षको उमेरसम्म महिलामा आमा बन्ने प्रवृत्तिको विकास भयो । योभन्दा पहिले बच्चाका कारण महिला आफ्नो करियरमा समय दिन पाउँदैनथे ।

अब यौन सम्बन्धको मामलामा सक्रिय महिलाका लागि डाक्टर, दन्त चिकित्सक वा वकिल बन्नमा गर्भको अड्चन समाप्त भएको थियो ।

मानिसहरु करियरका लागि यौनसम्बन्धबाट बच्न सक्दथे तर धेरै कम मानिसहरुले यसो गर्न सक्दथे ।

गर्भनिरोधक चक्कीभन्दा पहिले मानिसको विवाह कम उमेरमा नै हुने गर्दथ्यो । जब एक महिला ३० वर्षभन्दा पहिले प्रभावी सम्बन्धबाट बच्दथे उनीहरुका लागि श्रीमान् खोजी गर्न निकै समस्या हुन्थ्यो किनभने त्यतिबेला महिलाका समकालीन मानिसहरुको विवाह भइसक्थ्यो ।

तर गर्भनिरोधक चक्कीले पूरा आयाममा कायापलट गरिदियो । अब एकल महिला गर्भको डरबिना नै यौनसम्बन्ध स्थापित गर्न सक्छन् । यसले विवाहको प्याटर्नमा पनि परिवर्तन आयो । मानिसहरुले कम उमेरमा विवाह गर्न बन्द गरिदिए ।

अमेरिकामा सन् १९७० को दशकमा अन्य केही कारणले पनि परिवर्तन आयो । गर्भपतनलाई कानूनी बनाइयो र लैङ्गिक विभेदको विषयमा कानून बने ।

नारीवादको आन्दोलन पनि यतिबेला नै सुरु भएको थियो । जब अमेरिकाबाट युवाहरुलाई भियतनामको युद्धमा पठाइयो त्यतिबेला कम्पनीले महिलालाई जागिर दिनका लागि ढोका खोले ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल