विलियम्सनको विस्फोटक ब्याटिङको मद्दतले दिल्लीलाई हराउँदै हैदरावाद दोस्रो स्थानमा

विलियम्सनको विस्फोटक ब्याटिङको मद्दतले दिल्लीलाई हराउँदै हैदरावाद दोस्रो स्थानमा

हैदरावाद, बैशाख ७ – आइपिलको दशौँ सिजनको २१ औँ खेलमा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेविल्सलाई १५ रनले हराउँदै प्रतियोगितामा चौँथो जीत दर्ता गरेको छ ।

हैदरावादले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको दिल्लीको टोलीले निर्धारित २० ओभरमा मात्र पाँच विकेटको क्षतिमा मात्र १७६ बनाउन सक्यो ।

हैदरावादका लागि विस्फोटक ब्याटिङ गर्दै ८९ रन बनाए । यान आफ द म्याच घोषित उनले यस क्रममा ६ चौका र ५ छक्का हिर्काए ।


जीतसँगै हैदरावाद कोलकातापछि दोस्रो स्थानमा उक्लेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावादले लागि विलिम्सनको ८९ र शिखर धवनको ७० रनको मद्दतले २० ओभरमा १९१ रन बनायो ।

हैदरावादले अन्तिम १० बलमा २१ रन बनाएको थियो ।

दिल्लीका लागि क्रिस मोरिसले ४ ओभरमा २६ रन दिँदै ४ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा दिल्लीको शुरुवात राम्रो हुन सकेन । १४ रनको स्थितिमा पहिलो विकेटको रुपमा शाम विलिङलाई गुमायो ।

त्यसपछि करुण नायर र सन्जु स्यामसनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । तर, १०५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । तर, पाँचौ विकेटका लािग श्रेयस ऐयर र एन्जेलो म्याथुजले ७० रन जोडे ।

श्रेयसले ५० रन बनाए पनि टोलीलाई जीत भने दिलाउन सकेनन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल