इतिहासका निकै रोचक तथा भयानक पाँच आपराधिक रेकर्ड, जसबारे सायद तपाईंले सुन्नुभएकै छैन

इतिहासका निकै रोचक  तथा भयानक पाँच आपराधिक रेकर्ड, जसबारे सायद तपाईंले सुन्नुभएकै छैन

एजेन्सी

बैशाख ७ – इतिहास केवल चर्चित मानिसहरुसँग जोडिएका ठूला घटनाको नाम होइन । इतिहासमा यस्ता भयानक कुराहरु पनि भएका छन् जसबारे धेरैलाई थाहा छैन । यीमध्ये कुनै निकै अचम्मित र डरलाग्दा पनि छन् ।

युवतीले आफूलाई क्रसमा चढाइन्ः

मार्गरिटा पिटर निकै धार्मिक युवती थिइन् । २० वर्ष भएपछि उनले तीन वर्षभित्रै स्विटजरल्याण्डमा घुमीघुमी धार्मिक उपदेश दिएकी थिइन् । सन् १८२३ मा २९ वर्षको उमेरमा जब उनी आफ्नो घर फर्किइन् तब उनका अनुयायीहरुको संख्या निकै बढिसकेको थियो । यीमध्ये धेरैजसो उनका परिवारका सदस्य र आफन्त थिए । एक दिन मार्गरिटाले उनको घरमा शैतानको छायाँ भएको बताइन् । शैतानसँग लड्नका लागि उनले आफ्नो बलिदान दिनेबारे घोषणा गरिन् । तर उनकी बहिनी एलिजाबेथले उनको सट्टा आफ्नै बलिदान दिने इच्छा जताइन् । उनको इच्छा पूरा गर्नका लागि मार्गरिटाका अनुयायीहरुले उनको कुटीकुटी हत्या गरिदिए । त्यसपछि मार्गरिटाले आफ्ना अनुयायीलाई उनलाई क्रसमा चढाउनका लागि आदेश दिए । यसका लागि अनुयायीहरुले क्रसमा चढाएर उनको हात–खुट्टा, छाती आदि अंगमा किला ठोके र उनको टाउकोलाई हथौडाले टुक्रा–टुक्रा पारिदिए । मार्गरिटाले उनी र उनको बहिनी तीनदिन भित्र पुनः जीवित हुने कुरा बताएकी थिइन् जसका कारण उनका अनुयायीहरुले शवलाई सुरक्षित राखे । तर जब शव कुहिन थाल्यो र गन्हाउन थाल्यो पुलिसले उक्त स्थानमा छापा मार्यो र सबै अनुयायीहरुलाई पक्राउ गरियो । त्यसपछि उक्त घरलाई विनास गरियो ।

बर्लिनको कसाईः

सन् १९२० मा कार्ल ग्रसम्यानले बर्लिनको एक कुख्यात बस्तीमा कोठा भाडा लिएका थिए । कार्ल पहिलेदेखि नै हिंसा र बच्चाको यौन शोषणका लागि कुख्यात थिए । उनको कोठाबाट चिच्याएको र सुस्केरा हालेको आवाज आउन थालेपनि उनका छिमेकीले पुलिसलाई यसबारे जानकारी दिएनन् किनभने यस्ता आवाज त्यो ठाउँका लागि निकै साधारण थियो । तर जब सन् १९२१ को अगस्ट महिनामा नजिकैको नहरमा २० क्षत–विक्षत शव भेटियो तब पुलिसले कार्ल बसेको कोठामा अनुसन्धान थाल्यो र त्यहाँ एक महिलाको शवसँगै पक्राउ गर्यो जसको उनले त्यतिबेला हत्या गरेका थिए । कार्लको कोठामा दुई अन्य हत्याको प्रमाण पनि भेटियो । पछि उनका एक पूर्व सहयोगीका अनुसार उनी धेरैजसो महिलालाई नराम्रो तरिकाले यौन शोषण गर्ने र पछि हत्या गरिदिने जानकारी दिइन् । उनले शवलाई टुक्रा बनाएर त्यसलाई हट डग्स बनाउँथे  रेलवे स्टेशनमा गएर बेच्ने गरेकोसमेत बताइयो । उनको क्रुरताका कारण उनलाई बर्लिनका कसाई (बूचर अफ बर्लिन) नाम दिइएको थियो । यद्यपी, अदालतले आफ्नो निर्णय सुनाउनुभन्दा पहिले सन् १९२२ मा उनले पासो लगाएर आत्महत्या गरे ।

चोर नोकर्नी जो रानी बनिन्ः

सन् १७७१ मा सारा विल्सन नामकी एक शाही नोकर्नीलाई बेलायती रानी चार्लोटको गहना, कपडा र सम्पत्ती चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यसपछि उनलाई प्रिजन शिपमा अमेरिका लिएर एक धनी व्यक्तिलाई बेचियो । तर विल्सन निकै चाँडै त्यहाँबाट भागिन् । कसैलाई थाहा छैन, उनी त्यहाँबाट रानीको गहना, कपडा र सम्पत्ति लिएर कसरी भाग्न सफल भइन् । आफूले चोरेको सामान देखाउँदै उनले आफू रानी चार्लोटकी बहिनी राजकुमारी सेसाना भएको दाबी गर्न थालिन् । उनको दाबीलाई विश्वास गर्दै थुप्रै अ‍ेमेरिकी धनाढ्य उनको वरिपरि घुम्न थाले र यसकारण विल्सनको जीवन निकै सुख सयलमा बित्न थाल्यो । तर एक दिन उनका पुराना मालिकले उनलाई देखे र पक्राउ गरेर फिर्ता ल्याए । त्यहाँबाट उनी दुई वर्षपछि पुनः भाग्न सफल भइन् । त्यसपछि उनले एक बेलायती आर्मी अफिसरसँग विवाह गरिन् । विल्सनलाई त्यसपछि कहिले पनि सजायँ हुन सकेन ।

लोभी महिला, जसले आफ्ना श्रीमानको खुट्टा काटिदिइन्ः

अष्ट्रियामा सन् १९०४ मा जन्मिएकी मार्था लोवेन्सटीनले विरासतमा निकै सम्पत्ति पाएकी थिइन् । तर उनको फजुलखर्चका कारण उक्त पैसा सिद्धियो । त्यसपछि मार्था र उनका श्रीमान् एमिल मेरेकले इन्स्यारेन्सको पैसा पाउनका लागि एक षड्यन्त्र रचे । जसका कारण मार्थाले एमिलको एक खुट्टा काट्ने कोसिस गरिन्, यद्यपी, उनी खुट्टालाई पूर्ण रुपमा काट्न असमर्थ भइन् । जब उनीहरु डाक्टरकोमा गए तब उनलाई घटना शंकास्पद लाग्यो र डाक्टरले पुलिस बोलाए । डाक्टरले खुट्टालाई पूरा काटेर त्यसलाई अलग्गाइदिए । पछि मार्थालाई चार महिनाको जेल सजायँ तोकियो । जब उनी जेलबाट छुटिन् तब एकपछि अर्को गर्दै उनका आफन्तको मृत्यु हुन थाल्यो । पछि मार्थाको घरमा भाडामा बस्ने व्यक्तिको शव भेटियो । त्यसपछि मार्थाका श्रीमान एमिल, उनीहरुका दुई छोरी र एक छोराको शव पनि भेटियो । अनुसन्धानबाट थाहा भयो कि उनीहरुको थ्यालियम नामक विषालु पदार्थ दिइएको थियो । एक केमिस्टले मार्थाले उनीबाट उक्त पदार्थ किन्ने गरेको जानकारी दिए । त्यसपछि सन् १९३८ मा मार्थालाई गिलेटिनमा राखेर उनको गला काटियो ।

नन जो आफ्ना प्रेमीको मल खान्थिन्ः

मारियाना डे लेवयालाई नन अफ मोन्जाको नामले चिनिन्थ्यो । उनी इटालीकी नन थिइन् जसले आफ्ना प्रेमीबाट दुई सन्तान जन्माइन् र सार्वजनिक रुपमा नै यो कुरालाई स्विकार पनि गरेकी थिइन् । आफ्नो सम्बन्धको विषयमा उनको अवचेतन मन अपराधी महसुस गर्दथ्यो भन्ने गरिन्छ जसका कारण उनको मनमा आत्महत्याको विचार पनि आउँथ्यो । यो कुरा उनी आफैंले स्विकार गरेकी हुन् । त्यसपछि यो अपराधबोधबाट बच्नका लागि र वासनाबाट पिछा छुटाउनका लागि एक अचम्मको तरिका अपनाइन् । उनी आफ्ना प्रेमीको मल खान थालिन् । उनले आफ्नो सम्बन्धलाई लुकाउने चक्करमा प्रेमीसँग मिलेर अन्य ननको हत्या पनि गरेकी थिइन् । यसका लागि उनको प्रेमीको शिर छेदन गरियो भने उनलाई १३ वर्षको कैद सजायँ तोकियो । यो सजायँ पूरा गरेपनि सन् १६५० मा ७५ वर्षको आयुसम्म उनी जीवित भइन् । उनको कहानीमा उपन्यास पनि लेखियो र फिल्म पनि बनेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल