रुपन्देहीलाई झड्का, उपाधिका लागि धनगढी टिम चौराहा र विराटनगर भिड्ने

रुपन्देहीलाई झड्का, उपाधिका लागि धनगढी टिम चौराहा र विराटनगर भिड्ने

काठमाडौं, वैशाख ७– धनगढी प्रिमियर लिग (डीपीएल)को शुरुवाती खेलमा राम्रो प्रदर्शन गरेको रुपन्देही च्यालेन्जर्सलाई प्लेअफमा झड्का लागेको छ । विहीबार भएको दोस्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्स धनगढी टिम चौराहासँग लज्जाजनक हार ब्यहोर्दै लिगबाट बाहिरिएको छ ।

विहीबार भएको प्लेअफमा रुपन्देही च्यालेन्जर्स धनगढीसँग ९२ रनले पराजित भएको हो । जितसँगै धनगढी टिम फाइनलमा प्रवेश गरेको छ । धनगढी अब विराटनगर किंग्ससँग उपाधिका लागि भिड्नेछ । शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगर किंग्स यसअघि नै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको रुपन्देही १५.२ ओभरमा अलआउट हुँदै मात्र ८० रनमा समेटियो । स्वास्थ्यका कारण यसअघि कमजोर प्रदर्शन गरेका नेपाली राष्ट्रिय टोलीकै कप्तानसमेत रहेका धनगढी टिमका पारस खड्काले ४१ बलमा ४ छक्का र ६ चौकाको मद्दतमा नटआउट ६७ रन जोडेका थिए ।

यस्तै, धनगढीका राजु रिजालले २५ रन जोड्दा सौरभ खनालले नटआउट २४ रनको योगदान गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल