सामसुङका दुई फरक मोडलका स्मार्ट फोन सार्वजनिक

सामसुङका दुई फरक मोडलका स्मार्ट फोन सार्वजनिक

काठमाडौं, बैशाख ६–सामसुङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा दुई फरक मोडलका नयाँ स्मार्ट फोनको सार्वजनिक गरेको छ । सामसुङले बुधबार राजधानीमा ‘सामसुङ ग्यालेक्सी –एस ८’ र ‘सामसुङ ग्यालेक्सी एस ८ प्लस’ सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका दुवै स्मार्ट फोनले आम उपभोक्ताको चाहाना पुरा गर्ने कम्पनीले दावी गरेको छ । विलकुलै नयाँ र आधुनिक प्रविधि तथा गुणस्तरमा कुनै सम्झौता नगरि तयार भएका यी दुई मोडलले नेपाली वजारमा समेत राम्रो छाप छाड्ने कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको सामसुङ ग्यालेक्सी ‘एस ८’ ५.८ इन्च डिस्प्ले रहेको स्मार्ट फोन हो भने सामसुङ ग्यालेक्सी ‘एस ८ प्लस’ ६.२ इन्चको डिस्प्ले रहेको छ ।
यी स्मार्ट फोनमा ८ मेगा फिक्चलको फन्ट क्यामेरा छ । यस्तै, १२ मेगा फिक्चलका रियर क्यामेरा छ । डवल सीम, ६४ जीवी इन्टरनल मेमेरी छ । यस्तै, ‘सामसुङ ग्यालेक्सी –एस ८’ र ‘सामसुङ ग्यालेक्सी एस ८ प्लस’ को मुल्य ८८ हजार ९ सय र ९८ हजार ९ सय रुपैयाँ रहेको जनाइएको छ । यसका केही समयका लागि अफर समेत रहेको कम्पनीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल