आणविक परीक्षण स्थलमा भलिवल

बैशाख ८  |   एजेन्सी

आणविक परीक्षण स्थलमा भलिवल

सोल – उत्तर कोरिया ले छैटौंपटक आणविक परीक्षण गर्ने तयारी गरेको भन्दै कोरियाली प्रायद्धीपमा तनाव फैलिइरहेका बेलामा परीक्षण स्थलमा भने भलिवल खेलिरहेको सेटेलाइट तस्विर सावैजनिक भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको उत्तर कोरियालाई अनुगमन गर्ने सेटेलाइटले जारी गरेको थस्बिरको विश्लेषणपछि अमेरिकी विज्ञहरुले त्यहाँ भलिवल खेलिरहेको निष्कर्श निकालेका हुन् ।

पुंगी री नामक उक्त परिक्षण स्थलमा त्यस किसिमको अप्रत्यासित गतिविधि हुनुमा उत्तर कोरिया आणविक परिक्षणका लागि तयारी अवस्थामा रहेको हुन सक्ने या उसको चलाखीपूर्ण योजना हुनसक्ने विश्लेषण गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल