बाबुराम र उपेन्द्र यादवको संयुक्त विज्ञप्ति : ‘पार्टी एकता संयोजन समिति’ गठन

बाबुराम र उपेन्द्र यादवको संयुक्त विज्ञप्ति : ‘पार्टी एकता संयोजन समिति’ गठन

नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन हुने भएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई र र सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ती जारी गरेर यस्तो घोषणा गरेका छन् ।

‘नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।’ संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।’

यस्तो समितिमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई छन् ।

नयाँ शक्तिले रामचन्द्र झाको नेतृत्वमा देवेन्द्र पौडेल, परुशराम खापुङ र खिमलाल देवकोटा रहेको राजनीतिक संवाद समिति बनाएको थियो उता संघीयसमाजवादी फोरमबाट एकताका लागि हुने वार्तामा राजेन्द्र श्रेष्ठ, लालबाबु राउत र हेमराज राई रहेको वार्ता समिति बनाएको थियो । ती दुई समितिबीच भएको कुराकानी र प्रगतिपछि उच्चतहमा ‘पार्टी एकता संयोजन समिति’ गठन भएको हो ।

त्यसबाहेक संयुक्त विज्ञप्तीमा सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग अनुरोध गरिएको छ ।

हिजो मात्र मधेशवादी ६ दलबीच एकता भएको थियो ।

नयाँ शक्तिको केन्द्रीय कार्यकारणी समितिको वैठक चलिहरदा र संघीय समाजवादी फोरमको केन्द्रीय समिति वैठक आजका लागि आव्हान भएको बेला दुई दलले एकताका विषयमा संयुक्त विज्ञप्ती जारी गरेका हुन् । ती दुई दलले आफ्नो पार्टीको वैठकबाट एकता सम्बन्धी थप निर्णय लिन सक्ने बताइएको छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल