पनामा लिक्सः निर्णयपश्चात् शरिफ समूहमा उत्सव, विपक्षले भन्यो, ‘धेरै खुसी नहुनुहोस्’

पनामा लिक्सः निर्णयपश्चात् शरिफ समूहमा उत्सव, विपक्षले भन्यो, ‘धेरै खुसी नहुनुहोस्’

बीबीसी

बैशाख ८ – पाकिस्तानको बहुचर्चित पनामा लिक्स मुद्दामा सर्वोच्च अदालतको निर्णय पछि प्रधानमन्त्री नवाफ शरिफको क्याम्पमा उत्सवको स्थिती छ ।

अदालतले प्रधानमन्त्री नवाफ शरिफलाई पदका लागि अयोग्य ठहराउनका लागि पर्याप्त साक्षी नभएको निर्णय सार्वजनिक गरेको छ । यद्यपी, मुद्दाका अन्य अनुसन्धानका लागि संयुक्त जाँचको समूह गठनको आदेश दिए ।

नवाज शरिफ खेमाले यसलाई आफ्नो जित बताइरहेको छ भने पाकिस्तानी मिडियाले निर्णयको समिक्षा गर्दै नवाज शरिफ त्यति धेरै खुसी हुनु नपर्ने बताउँदै उनी पछि यसमा फस्न सक्ने चेतावनी पनि दिएको छ ।

यता विशेषज्ञले पनि अदालतको अहिलेको निर्णयसँगै शरिफले राहत पाएपनि मुद्दा पूर्ण रुपमा नटुङ्गिएको बताएको छ ।

नवाज शरिफलगायत उनको परिवारमाथि उनीहरुका थुप्रै विदेशी कम्पनीसँग सम्पर्क भएको र उनीहरुले गलत तरिकाले फाइदा लिएको आरोप लागेको छ ।

शरिफको पार्टी, पाकिस्तान मुस्लिम लिग (नवाज) ले आफ्नो कार्यकाल (सन् २०१८ सम्म) पूरा गर्नेछ भनी खुसी व्यक्त गरेका छन् ।

ट्वीटरमा छायो ‘निर्णय’:

पाकिस्तानमा यो मुद्दा सोसल मिडियामा छाएको छ र यो मुद्दाबाट सम्बन्धित थुप्रै ह्यासट्याग जस्तै पनामा केस, सुप्रिम कोर्ट टप ट्रेन्डिङ टपिक बनेका छन् ।

निर्णयपछि नवाज शरिफकी छोरी मरियम नवाजले एक फोटो ट्वीट गरेकी छिन् जसमा परिवार र पिएमएल (एन) का सदस्यले खुसी मनाइरहेको देखिएका छन् ।

सरकारी रेडियो पाकिस्तानले ट्वीट गर्यो, ‘अदालतको आदेशपश्चात् प्रधानमन्त्री नवाफ शरिफको उक्त कदमा मुहर लागेको छ जसमा उनी जेआइटीको गठनको कुरा गरिरहेका थिए ।’

सर्वोच्च अदालतको पाँच सदस्यीय बेन्चमध्ये दुई न्यायाधिसले प्रधानमन्त्री नवाफ शरिफ विरुद्ध निर्णय सुनाए जबकी तीन न्यायाधिसले थप अनुसन्धानका लागि आदेश दिए ।

इमरान खानको तहरिक–ए–इन्साफ पार्टी यो मुद्दामा नवाज शरिफ विरुद्ध मुख्य आवेदक थिए । पार्टीका असद उमरले भने, ‘नवाफ शरिफले कहाँ क्लिन चिट पाएका छन् र ? तीन न्यायाधिसले उनको बचाउलाई खारेज गर्नुका साथै जेआईटीको गठनको आदेश दिए ।’

पाकिस्तान पिपल्स पार्टीकी शेरी रहमानले आफ्नै पार्टीका सदस्य सईद गनीको एक ट्वीटलाई रिट्वीट गरे जसमा उनले लेखेका थिए, ‘पुष्टि भएको छ कि अदालतको पाकिस्तान पिपल्स पार्टी र अन्यका लागि भिन्न भिन्न मापदण्ड छ । जेआइटीको साटो अनुसन्धानका लागि एक बलियो न्यायिक आयोग बनाउनु पर्दथ्यो ।’

सईद गनीले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री पाकिस्तान पिपल्स पार्टीका यूसुफ रजा गिलानीको बर्खास्तको कुरा गरेको थियो । गिलानी, सर्वोच्च अदालतलाई अपमान गरेको भनी दोषी पाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल