‘उज्यालो नेपाल’मा राजेश बने जर्नादन, विजय लामा कुलमान (हेर्नुहोस् चलचित्र)

‘उज्यालो नेपाल’मा राजेश बने जर्नादन, विजय लामा कुलमान (हेर्नुहोस् चलचित्र)

काठमाडौं, बैशाख ८ – देशलाई उज्यालो बनाउन लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई बिषयको रुपमा उठाएर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ ।

बिहिबार युट्युव मार्फत सार्वजनिक चलचित्रले उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिका परिर्वतनलाई चलचित्रले देखाएको छ ।

पटिल्लो समय उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई चलचित्रले बुझ्ने प्रयास गरेको छ ।

चलचित्रमा अभिनेता राजेश हमाल ‘उज्यालो नेपाल’ चलचित्रमा मन्त्रीको भूमिकामा देखिएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् ।

चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि केही हदसम्म देखाउन खोजिएको छ ।

शुभ मिडिया होम प्रालिले निर्माण गरेको चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । नेपाल टेलिभिजनबाट समेत यो चलचित्र प्रसार हँुदै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल