काठमाडौँ महानगरपालिकामा साझा उम्मेद्वार खोज्दै एमाले, गौरी प्रधानको चर्चा

काठमाडौँ महानगरपालिकामा साझा उम्मेद्वार खोज्दै एमाले, गौरी प्रधानको चर्चा

कृष्ण गिरी

काठमाडौं, वैशाख ८ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आन्तरिक विवादका कारण काठमाडौ महानगरपालिकोलागि साझा उम्मेदार खोजीरहेको छ । एमालेस्रोतका अनुसार काठमाडौँ जिल्ला कमिटीमा भएको विवादका कारणले एक पक्षले अर्को पक्षलाई स्वीकार्ने अवस्था नरहेकाले साझा उम्मेदार खोज्नु परेको हो ।

सुरुमा काठमाडौं महानगरपालिकाको मेयरमा सचिव योगेश भट्राइको चर्चा चलेको थियो । तर भट्राईले आफू नउठ्ने बताएपछि एमालेमा महानगरपालिकाको मेयरको उम्मेदारका दाबेदार धेरै देखिएका छन् । उम्मेदारका आकांक्षी धेरै भएपनि एक समुहले अर्को समुहको उम्मेदारलाई सघाउने अवस्था नदेखिएपछि दुबै पक्षलाई मान्य हुने उम्मेदारको खोजी भएको छ ।

यसका लागि पनि पार्टीले केहि मापदण्ड अपनाएको छ । पहिला एमालेसँग लिगेसी भएको अथवा एमालेको कुनै न कुनै संगठनमा आबद्ध भएको व्यक्ति अब काठमाडौं महानगरपालिकाको मेयर हुने छ ।


एमाले स्रोतका अनुसार यस्तो साझा व्यक्तिमा मानवअधिकारकर्मी तथा पूर्व अखिल संयोजक गौरी प्रधानका बारेमा छलफल भएको छ । प्रधान अखिलको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । छैठौ राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्ष । अखिलमा विवदध भएपछि उनलाई महाधिवेशन आयोजकको संयोजक बनाएर महाधिवेशन गरिएको थियो ।

उनी २०३९ सालमा त्रिभूवन विश्वविद्यालयमा स्ववीयू सचिवमा निर्वाचित भएका थिए । ०४१ सालमा स्ववीयू अध्यक्ष भएका थिए । ०४६ सालको बहुदल आएपछि भने बालअधिकारको क्षेत्रमा काम गर्न थाले । त्यो समय सम्म दक्षिण एशियामा बालअधिकारको क्षेत्रमा कुनै ठोस रुपमा काम हुन सकेको थिएन । उनले नै दक्षिण एशियामा बालअधिकारको क्षेत्रमा काम सुरु गरेका थिए ।

प्रधान ०६४ साल देखि ०७० सालसम्म मानवअधिकार आयोगका आयुक्त पनि हुन् । एमालेमा अबको काठमाडौं महानगरपालिकाको मेयरको लागि प्रधानको चर्चा सुरु भएको छ ।

प्रधान काठमाडौंको स्थानीय र नेवार समुदायका व्यक्ति हुन् । उनी आन्दोलनको क्रममा पटक पटक जेल पनि बसेका थिए ।

यता, पछिल्लो समयमा एमालेका दुई समुहबाट विभिन्न व्यक्तिहरुका नाम चर्चामा आएका थिए । ओली समुहबाट निम्न व्यक्तिहरु चर्चामा थिए ।

१ कृष्ण गोपाल श्रेष्ठ
२ केशव स्थापित
३ विद्यासुन्दर शाक्य
४ सुगतरत्न कंसाकार
५ राजेशकाजी श्रेष्ठ
६ रामविर मानन्धर

कंसाकार हाल नेपाल बायुसेवा निगमका अध्यक्ष छन् । उनले आफु निगम नछोड्ने बताएपछि अन्य ५ जना चर्चामा रहेका थिए ।

नेपाल समुहबाट
१ बसन्त मानन्धर
२ जीवनराम श्रेष्ठ

तर, कसैको समुहगत इच्छाबाट आएका उम्मेदारलाई स्वीकार्न नसकिने एमालेका दुबै समुहका नेताहरु बताउछन् ।
चुनावको मुखैमा काठमाडौंमा समानान्तर समिति गठन भएपछि त्यसको असर संगठनमा देशभरी नै परेको एमाले नेतृत्व नै स्वीकार्छन् । यसको असर सांगठनिक रुपमामात्र नभएर स्थानीय तहमा हुनलागेको चुनावको टिकट वितरणमा पनि देखिएको छ ।

विवाद मिलाउन भन्दै प्रदेश समितिले बनाएको कमिटी विवाद नमिलाउदै विघटन भएको थियो । अहिले स्थायी समितिले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा विवाद मिलाउन ५ सदस्यीय समिति बनाएको छ तर पनि अहिले समम विवाद मिलाउन सकेको छैन । विवाद मिलेपनि एमालेमा काठामाडौं जिल्लामा उम्मेदारको टिकट वितरण गर्न भने सहज छैन । त्यसको असर अहिले महानगरपालिको उम्मेदार छनौटमा देखिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल